काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका छन् । बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।
एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् । समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनबाट एमालेमा समाहित छन् ।
हाम्रो पहुँच संवाददाता । ७ भाद्र २०८०, बिहीबार