भदौं ४ गते देखि जाजरकोटमा लाखे नाँच सुरु हुदै

जाजरकोट । डेढ सय वर्ष देखि जाजरकोट खलंगामा नाँचिदै आएको लाखे नाँच यस वर्ष भदौ ४ गते देखि सुरु हुने भएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार समुदायको संयुक्त पहलमा सुरु गर्न लागिएको लाखे नाँच यस वर्ष साउन महिनामा मलमास परेका कारण भदौं देखि मात्र सुरु गर्न लागिएको हो । हाँसो, ठटटा, मनोरन्जल, गीत नाँच तथा व्यंगको संयुक्त प्रस्तुती लाखे नाँचलाइ यस वर्ष विशेष रुपले जिल्लामा सन्चालन गर्न लागिएको आयोजकहरुको भनाइ छ ।

शनिवार खलंगामा वसेको सरोकारवालाहरुको वैठकले भदौ ४ गते खलंगा वजार क्षेत्रमा रहेका विभिन्न पाँच वटा मन्दिरको परिक्रमा गरेर गैरीखालीमा लाखे नाँच प्रदर्शन गर्ने तयारी गरेको हो । लाखेनाँच व्यवस्थापन समिकिा संयोजक जनक भडेलका अनुसार कर्णाली प्रदेश स्थापना दिवसकै दिन खलंगाको गैरीखालीमा रहेका कालिका मन्दिर, वजुदेवीको मन्दिर, कृष्ण मन्दिर, वाहुनवाडाको रामजानकी मन्दिर र काजीवाडाको राधाकृष्ण मन्दिर परिक्रमा गरि गैरीखाली स्थित वालमन्दिरको प्रांगणमा पुगेर लाखे नाँच सुरु गरिने छ ।

विगत वर्षहरु भन्दा फरक ढंगले लाखे नाँचलाइ व्यवस्थित मौलिक र मर्यादित रुपमा सन्चालन गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्व्य र स्थानीय नेवार तथा अन्य समुदायका व्यक्तिहरुको सहभागितामा पहल अघि वढाइएको पनि संयोजक भडेलले वताए । उनले लाखे नाँचलाइ व्यवस्थित मर्यादित र आकर्षक वनाउन विभिन्न व्यक्ति र निकायहरुसंग आवस्यक समन्वय गरिएको वताए । विगतका कमीकम्जोरीहरुलाइ छोड्दै मौलिकतालाइ जोगाउदै लाखे नाँच सन्चालन गर्न लागिएकोले यसमा सवैको साथ र सहयोग जरुरी रहेको छ, अध्यक्ष भडेलले भने ।

जाजरकोटी राजा उपेन्द्र विक्रम शाहले भक्तपुरका नेवार गोविन्दमान भडेललाइ जाजरकोट ल्याएर सुरु गरेको लाखे नाँच विगत केहि समय सरोकारवालाहरुको वेवास्ताका कारण ओझेलमा परेको जनगुनासो छ ।
जिल्लाको महत्वपुर्ण पुरातात्विक सम्पदा भएकोले यसको संरक्षणमा आफुहरुले आवस्यक समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।

उनले यस वर्ष लाखे नाँचलाइ सवै समुदायको सक्रियता र सहभागितामा सन्चालन गर्ने र सो नाँचमा जिल्लाको मौलिक नाँच सिंगारु, पैसैरु लगाएतका नृत्यहरुलाइ पनि समावेस गर्न लागिएको वताए । अहिलेको पुस्ताले मौलिक सम्पदा र सँस्कृति जोगाउन पहल र चासो नगरे भोलिका पुस्तालाइ ठुलो संकट पर्ने उनले वताए । यस वर्षको लाखे नाँचका लागि प्रतिष्ठानका मानार्थ सदस्य शुरेसजंग शाहले प्रतिष्ठान मार्फत केहि सामाग्री किन्न दस हजार सहयोग गरेको पनि अध्यक्ष केसीले जानकारी दिए ।

लाखेनाँच सन्चालनको लागि स्थानीय युवा र अन्य व्यक्तिहरु सक्रियता पुर्वक लागेको स्थानीय युवा विवशविक्रम शाहले वताए । सम्पदा र सँस्कृतिको माया भएकै कारण स्थानीय युवाहरुले नाँच नाँच संरक्षणको चिन्ता गरेको पाइएका छ, उनले भने । खलंगामा लाखे नाँच यस वर्ष भदौ ४ गते देखि भदौ २१ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया