नलगाड । नलगाड नगरपालिका –४ गाम्राखोरे स्थित ग्वामीदेवी पन्तको घर नजिकै गोठमा चट्याङ पर्दा स्थानीय शेरबहादुर रावलका दुई वटा गोरु र एक वटा राँगो मरेका छन् । विहीबार राती १२ बजे परेको चट्याङले रावलका गोठमा बाँधेका गोरु र राँगो मरेका वडाध्यक्ष बद्री पन्तले बताए । चट्याङबाट मानवीय क्षेती नभएको अध्यक्ष पन्तले बताए ।
रावल परिवार घरमा सुतेको र गोठमै चट्याङ पर्दा एक हल गोरु र राँगो मरेका जानकारी वडाध्यक्ष पन्तले जानकारी दिए । वडाध्यक्ष पन्तले भने, ‘मान्छे बाच्चु भयो, गोरु र राँगो मरेका छन, रावल परिवारलाई राहतको लागि वडाबाट आवश्यक राहतको पहल गरेको छ ।’ वडा कार्यालयले ३० किलो चामल र एक थान त्रिपाल राहत उपलब्ध गराएको छ । जनताको दुखमा साथ दिन वडा कार्यालय छ, भन्दै वडाध्यक्ष पन्तले गोरु समेत किनिदिने बताए ।
राहत वितरण
चट्याङबाट पशुचौपायामा क्षति पुगेको एक परिवारलाई राहत वितरण गरिएको छ । वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्तले स्थानीय शेरबहादुर रावललाई राहत सामग्री वितरण गरेका हुन् । ३० केजी चामल र एक थान त्रिपाल सहयोग गरिएको वडाध्यक्ष पन्तले बताए । बाँकी राहतका लागि आवश्यक पहल भैरहेको उनले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । २ भाद्र २०८०, शनिबार