भत्किएको विद्यालय भवन वडाध्यक्ष र गाउँलेले श्रमदान गरेर बनाए !


बारेकोट । जनप्रतिनिधीका काम गर्ने आ–आफनै तरिका हुन्छन् । ति मध्ये बारेकोट गाँउपालिका वडा नं.३ का वडाध्यक्ष रामबहादुर सिंहले आफ्नो वडामा भत्किएको बिद्यालय भवन ३ दिनमै जस्ताको तस्तै ठड्याईदिएका छन् ।

श्रावण २८ गते आएको अबिरल बर्षाले बारेकोट गाँउपालिका –३ स्याला मुल्साममा रहेको बिद्यालय भवन भत्काईदिएपछी उनले आफै सक्रिए भएर सबै गाँउलेहरुलाई जुटाएर भवन निर्माण गरेका हुन ।


अध्यक्ष सिंहले भने, ‘केही दिन ढिला गरेर बनाउदा भवनमा झन ठुलो क्षत्तीहुने सम्भावना देखिएकोले सबै गाँउलेहरुलाई हार गुहार गरे । सबै गाउलेहरुले मेरो कुरा राखिदिनु भयो र भवन जस्ताको तस्तै बनाउन सफल भयौ ।’ म गाँउलेहरुको यो गुण बिर्सने छैन । यसको लागि पालिकासंग कुरा गरेर बजेटको ब्यवस्थापन गरेर ति गाँउलेहरुको मजदुरी उपलब्ध गराउने प्रयत्न गर्ने छु ।

मेरो लागि सबै भन्दा ठुलो कुरा भनेको तत्काल भवन बनाउनु पर्ने थियो र त्यसमा गाँउलेहरुले सहयोग गर्नु भयो । अब म वडाबाट भएपनी ति सहयोग गर्ने गाँउलेको मजदुरीको लागि पहल गर्ने छु ।

तपाईको प्रतिक्रिया