कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा


सुर्खेत । कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो ।

कर्णाली प्रदेश सरकारले गत वर्षको चैत्र २९ गते नै प्रदेश स्थापना तथा सहिद दिवस र नाग पञ्चमीको दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन् ।

मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमवार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ ।

May be an image of text that says 'कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय वीरेन्द्रनगर, सुरखेत, नेपाल सार्वजनिक बिदा सम्बन्धी सचना मिति २०६० भाद्र ४ गते सोमवार प्रदेश स्थापना तथा शहिद दिवस र नाग पत्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सवै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) वाट मिति २०७९/१२/२९ मा निर्णय भएको हुंदा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०5०/०५/०१ 904109 निर्मला रग्मी शाखा अधिकृत'

तपाईको प्रतिक्रिया