
अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या एक सय १० पुगेको छ।
बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले एक सय १० जनाको ज्यान गएको यहाँका मेयर जोस ग्रिनले जानकारी दिए। जलेको भूभागमध्ये बुधबारसम्म ३८ प्रतिशत भूभागमा खोजी गरिसकिएको बताइएको छ।
माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताए। यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
















































हाम्रो पहुँच संवाददाता । ३२ श्रावण २०८०, बिहीबार