व्यक्ति, परिवार र समाजको गतिशील र परिवर्तनशील यात्रालाई विभिन्न पक्षहरुले प्रभावित पारिरहेका हुन्छन् । समाज विकासको यात्रालाई गन्तव्यमा पुर्याउने क्रममा विभिन्न आरोह अवरोह र प्रवृत्तिहरु देखा पर्दछन् । परिवर्तन तर्फ उन्मुख मानव चाहनालाई मुर्त रुप दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्रहरुमा शिक्षा क्षेत्र अत्यन्त महत्वपूर्ण पक्ष हो ।
नयाँ नयाँ सत्यको खोजी तथा निरुपण गर्न र जीवन उपयोगी प्रणालीहरुको विकास गर्नुका साथै न्याय पूर्ण सभ्यताको अवलम्वन गर्न शिक्षाले निर्णायक भूमिका खेलिरहेको हुन्छ । शिक्षाको विकास र विस्तारले विकासका सवै चुनौतीलाई पार गर्न नसके पनि विकासको आधारभूत जग शिक्षानै हो । जीवनोपयोगी सीप र शिक्षाले नागरिकहरुलाई अवसर र विकल्पको पहिचान गर्न, स्वास्थ््य तथा पोषण मैत्री व्यवहारहरुको अवलम्वनवाट सुरक्षित र मर्यादित जीवन प्राप्त गर्न एवं गरिवीको न्यूनीकरण र आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुर्याई रहेको हुन्छ । देशको स्वतन्त्रता, भविष्य र नागरिक जीवनलाई सुनिश्चित गर्न शिक्षा क्षेत्रको अधिकतम उपयोग गर्ने सिलसिलामा विभिन्न राष्ट्र्हरु एकै साथ अगाडी वढ्न सकेका छैनन् ।
यसलाई मध्यनजर गरीदीगो विकासका १७ वटा लक्ष्यहरु मध्य गुणस्तरीय शिक्षालाई चौथो विश्व लक्ष्यको रुपमा अवलम्वन गरिएको छ । यो विश्व लक्ष्यले सवैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाका लागि जीवन पर्यन्त सिकाई सुनिश्चित गर्न मार्गनिर्देशित गर्दै २०३० सम्मका लागि शैक्षिक गन्तव्य निर्धारण गरिएको छ ।
शिक्षालाई सार्वजनिक सेवाको रुपमा शिक्षामा गुणस्तर, समता र समानता, लैंगिकता जस्ता आयामहरु स्थापित गर्न, शिक्षामा लगानी वृद्धि सहित सहकार्यको प्रवद्र्धन गर्न, पछाडी पारिएका सामाजिक समूहका आवश्यकता, सवै प्रकारका विपद र झै झगडा सामना गर्न, शिक्षा मार्फत जीवन रुपान्तरण गर्न, शिक्षालाई मानव अधिकार, शान्ति, मानवीय सम्वृद्धि, सौहार्दता, दीगो विकासको सहयोगी वनाउन जीवन पर्यन्त सिकाईलाई मार्ग निर्देशक अत्यावश्यक छ ।
हाम्रो देशको सन्दर्भमा राष्ट्र्यि विकास अभियानलाई सार्थक वनाउन शिक्षा क्षेत्रको भूमिका वढाउदैं लैजान थुप्रै पहलहरु गरिएता पनि हामी सन्तोषजनक अवस्थामा पुग्न सकिरहेका छैनौं । आर्थिक तथा सामाजिक जीवनलाई अर्थपूर्ण वनाउन शिक्षा क्षेत्रको योगदान सन्तोषजनक छैन । वर्तमान शिक्षा प्रणालीले आर्थिक तथा सामाजिक विकासको प्रतिफलमा समानता कायम गर्न खासै सहयोग पुर्याउन सकेको छैन र सक्षम एवं इमान्दार पुस्ता निर्माणको सम्भावना कम गरेको छ ।
समाजलाई आत्मनिर्भर वनाउंदै नागरिक जीवनलाई मर्यादित वनाउने कुरामा हाम्रा शिक्षा योजनाहरुको ईच्छा शक्ति कमजोर देखिएको छ । अतिकम विकसित मुलुकवाट देशलाई विकासशील तथा विकासशीलवाट विकसित देशको रुपमा देशको पहिचान वदल्न शिक्षा क्षेत्रको वर्तमान योगदानमा निकै फड्को मारेर अगाडी वढ्न अपरिहार्य छ ।
शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल नतीजामूलक हुन नसकेको देशका संवैधानिक निकायले समेत औंल्याएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानआयोग र महालेखा परीषकको विभाग जस्ता सरकारी निकायका साथै विभिन्न गैह्र सरकारी निकायका प्रतिवेदनमा विद्यालयतहका शिक्षामा विशेष गरी भौतिक निर्माणका काममा अनियमितता,कमजोर वित्तिय पारदर्शिता र जवाफदेहिता, अनियमित शिक्षक र कर्मचारी व्यवस्थापन, कमजोर सिकाई उपलव्धी, अमर्यादित परीक्षा, न्यून सामुदायिक सहभागिता जस्ता पक्षहरु छन् ।
यस परिप्रेक्ष्यमा मानवीय विकास अवस्था अत्यन्त कमजोर रहेको जाजरकोट जिल्लामा शैक्षिक क्षेत्रमा सुशासनलाई संस्थागत गर्न तथा जाजरकोटको प्रगति र समुन्नतिमा शिक्षा क्षेत्रको भूमिकाको निरन्तर समीक्षा गर्नु अपरिहार्य छ ।
शैक्षिक सुधारका पक्षहरुमा जाजरकोट जिल्लामा पछिल्लो समयमा सार्वजनिक वहसका विषय वनेका छन् । कूल जनसंख्या करिव १ लाख ९० हजार र साक्षता दर ७५.५० रहेको यस जिल्लाको शैक्षिक अवस्था र सुधारका सवालमा सार्वजनिक वहस आरम्भ गर्ने अनुमति चाहन्छु ।
१.समग्र अवस्था विश्लेषण
१.१ जिल्लाको शैक्षिक उत्पादनमा प्रतिष्पर्धि क्षमता अत्यन्तन्यून छ ।
१.२ गरिवी निवारणमा शिक्षाको योगदान अतिकम छ ।
१.३ शिक्षाका कार्यक्रमहरु श्रम वजारका माग अनुकूल छैनन्,शैक्षिक प्रणालीले श्रम वजारलाई पर्याप्त सहयोग गरेको छैन र श्रमशक्तिको उत्पादकत्व वढ्न नसकेकाले युवा जनशक्ति अत्यधिक वेरोजगारीको अवस्थामा छ
१.४ शैैैक्षिक उपलव्धी, साक्षरताको स्तर र शैक्षिक टिकाउ पनान्यून छ ।
१.५ शैक्षिक प्रणालीको लाभमा सामाजिक समूहहरु वीच असमानता छ ।
१.६ शिक्षा क्षेत्रले सामाजिक एकता र सौहार्दता वढाउन योगदान दिएन ।
१.७ शैक्षिक प्रणालीले सामाजिक विभेदलाई कम गर्न सकेन ।
२. समस्यार प्रभाव विश्लेषण
२.१ अधिकांश विद्यालयको व्यवस्थापनमा समुदायको अपनत्व घट्दै छ ।
२.२ अधिकांश विद्यालयमा वालमैत्री सिकाई वातावरण छैन ।
२.३ सवै भन्दा महत्वपूर्ण उमेर समूहका साना कक्षाप्रति वेवास्ता बढे्को छ ।
२.४ अधिकांश विद्यालयको भौतिक संरचना विकास आवश्यकता अनुकूल छैन ।
२.५ अधिकांश विद्यालयमा योजनावद्घ शिक्षण सिकाई भएको देखिदैन ।
२.६ अधिकांश विद्यालयमा धेरै शिक्षकहरुले नियमानुसारको अवधी शिक्षण सिकाईमा लगाउंदैनन् ।
२.७ अधिकांश विद्यालयको शिक्षक र कर्मचारी संरचना लैगिंक तथा जातीय मैत्री छैनन् ।
२.८ शैक्षिक प्रशासनर व्यवस्थापनमा दूरदृष्टिको अभाव, अस्थिर र कुशल नेतृत्वको अभावछ ।
२.९ अधिकांश विद्यार्थीहरु अधिकांश शिक्षण सिकाई प्रक्रियालाई रुचीकर नभै वोझ ठान्नु
२.१० कतिपय सामुदायिक विद्यालयमा शिक्षक संख्या,आधारभूत सेवा र श्रोत साधनको अभाव ।
२.११ विद्यालयमा सूचनाको अभिलेखन प्रभावकारी नहुनु ।
२.१२ भौतिक संरचना र पूर्वाधारका काम पारदर्शी नभएकाले अविश्वास र आंशकातथा झगडाको जन्म ।
२.१३ पूर्वाधार र संरचनामा सीमित व्यक्तिको चाहनामा मात्र गरिएको लगानीले सिकाई उपलव्धीको वातावरण निर्माण गर्ने भन्दा सामाजिक तनाव वढाएको पाइन्छ ।
३.वस्तुगत अवस्थाका कारणहरु :
३.१ शिक्षण सिकाई योजनावद्ध, रुचीकरण,गुणस्तरीय र प्रभावकारी नरहनु ।
३.२ शिक्षक,कर्मचारी र विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु सेवा भन्दा व्यवसाय तर्फ ध्यान दिने ।
३.३ धेरै विद्यालयका विद्यालय व्यवस्थापन समिति कानूनको मर्म र भापना विपरीत भएका ।
३.४ शैक्षिक निर्णय प्रक्रिया र कार्यान्वयन तहमा सरोकारवाला नागरिक समाजको भूमिका गौण बनाईनु ।
३.५ राजनीतिक दल र शिक्षकका पेशागत संगठन शिक्षण सिकाईको गुणस्तर प्रतिगंभीर नहुनु ।
३.६ सामाजिक एकता,अनुशासन र नैतिकताको प्रवद्र्धन गर्ने विषयलाई उपेक्षा गरिनु ।
३.७ योजनाबद्ध शिक्षण सिकाई प्रक्रिया,शैक्षणिक र वित्तिय सुशासन प्रति उदासिन हुनु ।
३.८ नतीजामूलकर सूचकमा आधारित अनुगमन र निरीक्षण कार्य नहुनु ।
३.९ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन पूर्वाधार योजना तर्फ वढी व्यस्त रहनु ।
३.१०शिक्षकले आफ्ना वालवालिकाआफु कार्यरत विद्यालयमाभर्ना नगर्नु ।
३.११ विद्यालय व्यवस्थापनको काममा समुदाय, शिक्षक अभिभावक संघ र विद्यार्थीको भूमिका गौण हुनु ।
३.१२ विद्यालयमा सरसफाईको अवस्था राम्रो नहुनु, संरचनाहरु वालमैत्री र अपांगता मैत्री नहुनु ।
३.१३ विद्यार्थीको क्षमता, उर्जा र आकांक्षा प्रस्फूठित वनाउन उत्प्रेरणाको कमी हुनु ।
३.१४ विद्यालय भवन, कक्षा कोठा तथा अन्य संरचना र विद्यालय भित्रका क्रियाकलाप वालवालिकाका लागि रुचीकर र मैत्री पूर्ण नवन्नु ।
३.१५ छात्राहरु हिंसा र दुव्र्यवहारवाट असुरक्षित महसूस गर्नु ।
३.१६ सामाजिक सवाल र सरोकारमा अनुशिक्षण तथा परामर्शको कमी ।
३.१७कक्षा दोहोर्याउने दर र कक्षा छाड्ने दर वढी भएका कारण धेरै श्रोतको अपव्यय हुनु।
३.१८ वाल विकास केन्द्र सहयोगीको भरमा धेरै विद्यालय चल्नु र व्यवस्थापनमा समुदायको चासो कम हुनु ।
३.१९शिक्षा क्षेत्रका ेलगानी सामाजिक न्यायको दृष्टिकोणवाट हेर्दा अनुपयुक्त प्रवृत्तिवाट वितरण भएको ।
३.२०भौतिक पूर्वाधार निर्माणका काममा पारदर्शिता र जवाफ देहिताको अभाव ।
३.२१अध्यापन गर्ने मानवीय जनशक्तिको ठूलो हिस्साले अत्यधिक रुपमा दलीय राजनीति प्रति चासो राख्नु र प्रत्यक्ष अप्रयक्ष रुपमा संलग्न रहनु ।
३.२२ अपांगता भएका,कमजोर सिकाई क्षमता र अति गरीव विद्यार्थीका विशेष आवश्यकतालाई ध्यानन दिनु ।
३.२३धेरै प्रधानाध्यापकहरुमा योग्यता, दक्षता, श्रजनशीलता, गति र नेतृत्व क्षमता नहुनु ।
४. सुधारका मुद्धाहरु
४.१ वालवालिकाको प्रारम्भिक वाल विकासमा सहभागितालाई सुनिश्चित गर्ने ।
४.२ गुणस्तरीय तथा उपलव्धी मूलक शिक्षण सिकाइ सुनिश्चित गर्ने ।
४.३ सरोकारवालाको क्षमता तथा वयस्क साक्षरतालाई समेत सुनिश्चित गर्ने।
४.४ सवै तहका शिक्षालाई श्रम वजार संगको वृहत्तर सान्दर्भिकता कायम गर्ने ।
४.५ वालिका र विपन्न र विशेष अवस्थाका वालवालिकाका आवश्यकतालाई पहिचान गर्ने ।
४.६ योग्य शिक्षकको व्यवस्थापन एवं शिक्षकको आधारभूत पारिश्रमिक तथा विविध सुविधा, सरुवा र वृत्ति विकास जस्ता मनोवल उठाउने उपायहरुलाई संस्थागत गर्ने ।
४.६ स्थानीय सम्भाव्यताका आधारमा प्राविधिक शिक्षामा जोड दिनु पर्ने ।
४.७ नियमित शिक्षण सिकाई लगायत सवै कार्यक्रमहरुको आवधिक, नतिजामूलक र मापदण्डएवं सूचकमा आधारित अनुगमन वढाईनु पर्ने ।
४.८ विद्यालय निरीषक वा श्रोत व्यक्तिवा विज्ञलाई कार्यक्षेत्र मै परिचालित हुने व्यवस्था हुनु पर्ने ।
४.९ विद्यालयमा जाने श्रोत साधनको विवरण सार्वजनिक गर्ने र सार्वजनिक परीक्षण समेत गरिनु पर्ने ।
४.१० भौतिक पूर्वाधार र अन्य योजना र कार्यक्रमहरु वितरण÷श्रोत विनियोजन गर्दा गाउं सभा र नगर सभा वाट पारित योजना सम्वोधन गर्नु पर्ने ।
४.११ परीक्षाहरुको मर्यादालाई कायम राख्न ईच्छा शक्ति र नियमन बढाउने ।
४.१२ शैक्षिक निर्णय प्रक्रिया र कार्यान्वयनतहमा सरोकारवाला नागरिक समाजको भूमिका वढाइने ।
४.१३ शिक्षकका पेशागत संगठन शिक्षण सिकाईको गुणस्तर, जवाफदेहिता र पारदर्शिता प्रति गंभीर हुने ।
४.१४सामाजिक एकता, अनुशासन र नैतिकताको प्रवद्र्धन गर्ने विषयमा सरोकारवालाको सरोकार वढाउने ।
४.१५शिक्षा विकास तथा समन्वय ईकाई,स्थानीय तह र विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन योजनाबद्ध शिक्षण सिकाई प्रक्रिया, शैक्षणिक र वित्तिय सुशासन प्रति जिम्मेवार वनाउने।
४.१६प्रचलित कानूनअनुसार सार्वजनिक परीक्षण र नतीजामूलक अनुगमन तथा निरीक्षण गर्ने ।
५ . शैक्षिक सुधार कार्यनीति
५.१ जिल्लालाई आत्मनिर्भरता तर्फ लैजान पशुपालन, मह उत्पादन, वहुमूल्य जडीवूटी र ढुंगा पत्थर, जडीवूटी लगायतका प्राकृतिक श्रोत साधनवाट स्थानीयजनतालाई लाभान्वित तुुल्याउने गरी स्थानीय सम्भाव्यताका आधारमा प्राविधिक शिक्षामा जोड दिने ।
५.२ विद्यालयलाई प्रेषित मार्गदर्शन तथा परिपत्रहरु एवं शिक्षकका पेशागत संघ संगठनहरु संग भएका सहमतिहरु कार्यान्वयनमा जोड दिने ।
५.३ शिक्षा संग सम्वन्धित नीति निर्माण संरचनाहरुमा नागरिक समाज र विद्यालय व्यवस्थापन समितिमा वालवालिकाको संस्थागत प्रतिनिधित्व गराउनमा ध्यान दिने ।
५.४ नियमित शिक्षण सिकाई लगायत सवै कार्यक्रमहरुको आवधिक, नतिजामूलक र मापदण्डएवं सूचकमा आधारित अनुगमन वढाउने ।
५.५ विज्ञ, श्रोत व्यक्ति र विद्यालय निरीक्षकलाई ७५ प्रतिशतकार्य अवधी खास कार्यक्षेत्र मै परिचालितहुने व्यवस्थागर्ने ।
५.६ विद्यालयमा जाने श्रोत साधनको विवरण सार्वजनिक गर्नुका साथै सो को सार्वजनिक परीक्षण गर्ने ।
५.६ भौतिक पूर्वाधार र अन्य योजना र कार्यक्रमहरु वितरण÷श्रोत विनियोजन गर्दा गाउं सभा, नगर सभावाट पारित वस्ती स्तरका मागलाई सम्वोधनगर्ने ।
५.७ कार्य सम्पादनका आधारमा सरोकारवाला निकाय र व्यक्तिलाई पुरष्कृत र सुधार गर्ने ।
५.८ विद्यालय प्रशासनलाई चुस्त वनाउने र दरवन्दी मिलान गर्ने ।
५.९ सम्पूर्ण विद्यालयमा लैंगिकर अपाङ्गता मैत्री शौचालय, धारा, वाटो र अन्य संरचनागत पूर्वाधारको विकास तथा व्यवस्थापन गर्ने ।
५.१० राम्रो नतिजा प्राप्त गरेका विद्यालय तथा अन्य विद्यालयर समुदाय बीच अनुभवको आदान प्रदान गर्ने परिपाटीको विकास गर्ने ।
५.११गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई पुरस्कृत गर्ने ।
५.१२ शिक्षामा गुणस्तर र सिकाई उपलव्धीको वातावरण वनाउनप्रत्यक स्थानीयतहका केही मा.वि.मा आवश्यक छात्रावासको व्यवस्था सहित नमूना विद्यालय विकास गर्ने ।
५.१३ शिक्षक, अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिलाई थप क्रियाशील बनाउने।
५.१४ दलगत राजनीतिमा शिक्षकको प्रत्यक्ष आवद्धताको अन्त्यर्दै शिक्षकको पेशागत आचार संहिता कडाईका साथ लागू गर्ने ।
५.१६ अभिभावक सचेतनाको अभिबृद्धि गरी शैक्षिक गुणस्तर सुधार र विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने ।
५.१६ विद्यार्थीको अनुपातमा शिक्षक संख्या बढाँउदै लिने ।
५.१७ नागरिक संगठन र मिडीयाको सहयोगमा शैक्षिक सुशासनको सम्वद्र्धनमा लाग्ने ।
५.१८ विद्यालय अनुमति र कक्षा स्तर उन्नती अनुमतिदिंदा मागम ाभन्दा आवश्यकतामा मात्र आधारित वनाउने ।
५.१९ विद्यालय वाहिर रहेका बालबालिकालाई पूर्ण शिक्षाको पहुँचमा ल्याउन अभियान संचालन गर्ने र गरिवीका अन्य सवालमा सम्वन्धित निकायमा पहल गर्ने ।
५.२० विद्यालयको अर्थपूर्ण अनुगमन तथा निरन्तर विद्यार्थी मुल्याङ्कन प्रणालीको विकास गर्ने ।
६ . शैक्षिक सुधारमाहाम्रो भूमिका ः
६.१ नीति, योजना र कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा सहभागिता र सहजीकरण ।
६.२ नीतिगत तथा कार्यक्रमिक वकालत, सकारात्मक र उपलब्धिमूलक वातावरण निर्माण ।
६.३ समीक्षा र परीक्षणमा सहजीकरण एवं सरोकारवालाको सरोकार निर्माण ।
६.४ अनुगमन, मूल्यांकन तथा उपलब्धि र प्रभाव विश्लेषण तथा पृष्ठपोषण ।
६.५ सर्वपक्षीय सहमति निर्माण र सामाजिक सम्वाद।
६.६ समस्या र सवालवारे सम्वन्धित निकाय र पदाधिकारीको ध्यानाकर्षण गराउने ।
६.७विद्यालय प्रशासन र शिक्षा प्रशासनको सकारात्मक कार्य शक्ति वढाउन उत्प्रेरित गर्ने ।
७. नमूना क्रियाकलापहरु
- शैक्षिक सवाल वारे कार्यशाला गोष्ठी गर्ने ।
- नमूना विद्यालयहरुको सामाजिक परीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने ।
- शिक्षा क्षेत्रका प्रमुख समस्या र सवालहरु सम्वन्धमा अध्ययन गर्ने र स्थिति पत्र सार्वजनिक गर्ने ।
- जिल्लाको शैक्षिक सुधार घोषणा पत्र र आचार संहिता तयार गरी जिल्ला र इलाका स्तरमा सरोकारवालाहरुको प्रतिवद्धता लिने ।
- जिल्ला र स्थानीयतहमा शैक्षिक सुधार सरोकार संजाल स्थापना गर्ने र प्रमुख सवालहरुकावारेमा निरन्तर सम्वन्धित निकायको ध्यानाकर्षण गराउने ।
- शैक्षिक योजनाहरु तर्जुममा नागरिक सहभागिताका लागि वकालत गर्ने ।
- शैक्षिक सुधारका सफल अध्यासको प्रचार प्रसार गर्ने र योगदान कर्तालाई उत्प्रेरित गर्ने र सम्मानित गर्न सिफारिस गर्ने ।
- विद्यालय प्रति समुदायको अपनत्व वढाउन, विद्यालय भर्ना प्रभावकारी वनाउन र विद्यालय वाहिरका वालवालिकालाई विद्यालय शिक्षामा नियमित समाहित गर्न, विद्यालयको भौतिक सम्पत्ति सुरक्षा विद्यालय भवन,खेल मैदान,पुस्तकालय,शौचालय जस्ता अत्यावश्यक पूर्वाधारको व्यवस्था आवश्यकतामा आधारित वनाउन, सामुदायिक विद्यालयमा योजनावद्घ शिक्षण सिकाई नियमित गर्न, शैक्षिक सूचना व्यवस्थापन, विद्यालयको भौतिक सम्पत्ति र अन्य अभिलेख व्यवस्थित गर्न, सरोकारवालाबीचनियमित समन्वय गर्न, विभिन्न छात्रवृति समयमा वितरण गर्न, भौतिक पूर्वाधार निर्माण कार्यलाई कानूनी र सामाजिक न्यायमा आधारित वनाउन, अनुगमन र मूल्यांकन नतीजामूलक वनाउन, विद्यालयको शिक्षक र कर्मचारी संरचना लैगिंक तथा जातीय मैत्री वनाउन, विद्यालयका विद्यार्थीहरुलाई शिक्षण सिकाई प्रक्रियालाई रुचीकर महसूस हुने वनाउन नियमित रुपमा सरोकारवालाहरुलाई उत्प्रेरित गर्ने र सरोकारवालाको जिम्मेवारी पालनाका लागि वकालत गर्ने ।
- प्रारम्भिक वाल विकास केन्द्रको कुशल व्यवस्थापनका वारेमा अभिमुखिकरण गर्ने ।
- शैक्षिक क्षेत्रको प्रमुख सवाल र कार्यक्रम समेट्ने गरी नतीजामूलक अनुगमनमा सहजीकरण गर्ने र नतीजा सार्वजनिक गर्ने ।
- शैक्षिक क्षेत्रको प्रमुख सवाल र समस्याका वारेमा जवाफदेही वक्ता संग जिल्ला र स्थानीयतहहरुमा वहस संचालन गर्ने ।
- शैक्षिक क्षेत्रको प्रमुख सवाल र समस्याका वारेमा जवाफदेही वक्ता संग स्थानीय रेडियोमा साक्षात्कार कार्यक्रम संचालन गर्ने ।
- शैक्षिक क्षेत्रको प्रमुख सवाल, समस्या र अवसरका वारेमा छापा वुलेटिन प्रकाशन गर्ने ।
- शैक्षिक क्षेत्रको प्रमुख सवाल, समस्या र अवसरका वारेमा सान्दर्भिक सूचनाहरु सार्वजनिक रुपमाप्रवाह गर्ने ।
धन्यवाद ।
नागरिक समाज अगुवा
राजेन्द्र विक्रम शाह
जाजरकोट
हाम्रो पहुँच संवाददाता । ३१ श्रावण २०८०, बुधबार