वडाध्यक्ष विनोदसिंह विष्टसहित तीनजना कारागार चलान


सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का वडाध्यक्ष विनोदसिंह विष्ट सहित तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत सुर्खेतले आइतवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

न्यायाधीशद्वय मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाहीलाई पनि कारागार चलान गरेको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए। उनका अनुसार यामराज शाही र सन्तोष थापा भने दुई दुई लाख धरौटीमा रिहा भएका छन्।

वडाध्यक्ष विष्टसहित पाँचजनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ उपभोक्ता समितिका अध्यक्षको घरबाटै लुटेको भन्दै समितिका मान्छेले असार २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। उजुरीको आधारमा उनलाई २४ असारमा प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया