नलगाडमा पहिरोको वितण्डा : गाईगोरु मरे, धेरै घाइते, दुई घरमा क्षति

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका १ कल्पतमा पहिरोले वितण्डा मच्चाएको छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पु¥याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरिएर  छ मरेका  छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् ।

No description available.

प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया