जाजरकोट । जाजरकोट प्रहरीले २१ हेक्टर जमीनमा रहेको अफिम खेती नष्ट गरेको छ । जिल्लाका सात वटै स्थानीय तहमा अवैध रुपमा खेती हुदैं आएको अफिम नष्ट गरेको हो ।
यो बर्ष ( आ.व. २०७९/०८०) मा मात्रै ठूलो मात्रामा अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष रोकाले जानकारी दिए । २१ हेक्टर जमीनमा रहेको अफिम नष्ट गर्नु देशमै सबैभन्दा ठूलो परिमाण रहेको डिएसपी रोकाले दावी गरे । जिल्लाको शान्ति, सुरक्षा कायम राख्न प्रहरी सधैं कटिबद्द रहेको समेत रोकाले बताए ।
हाम्रो पहुँच संवाददाता । १२ श्रावण २०८०, शुक्रबार