भेरी नदीको वीचमा बेवारिसे शव भेटियो

May be an image of 7 people
खलंगा । जाजरकोटमा मंगलबार एक व्यक्तिको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

भेरी नगरपालिका वडा नं.–१ कालेगाउँ स्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने झुलुङ्गे पुल नजिकै भेरी नदीको खाली वीच भागमा वेवारिसे शव फेला परेको हो ।
भेरी नदीको खाली वीच भाग बालुुवामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृतकको पहिचान गर्न सकिएको छैन । वेवारिसे शव फेला परेपछि नेपाली सेना, शशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयूक्त टोलीले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको प्रहरीको भनाई छ ।

कोही व्यक्ति हराएको भए जानकारी गराइदिन भन्दै सबैतिर जानकारी गराइएको तर कोही पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया