काठमाण्डौं । भूटानी शरणार्थी र ललिता निवास प्रकरणमा छानविन अघि बढेसंगै सत्तारुढ दलभित्रै त्यसले ठुलो तरगं ल्याएको छ । भूटानी शरणार्थी प्रकरणमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता बालकृष्ण खांड, पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डे नै प्रक्राउ परेपछि त्यसको निशानामा परेका छन् एआईजी श्याम ज्ञवाली ।
ज्ञवालीलाई प्रहरीको उपत्यका प्रमुखबाट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि चर्को दबाव छ । प्रधानमन्त्री दाहाललाई उनको भारत भ्रमणअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणाले भेटेरै ज्ञवालीलाई मेट्रो प्रमुखबाट हटाउन भनेका थिए । तर, दाहालले भारत भ्रमण सकिएपछि त्यसबारे विचार गर्ने जवाफ दिएको उनि निकट स्रोतले दियो ।
एआईजी ज्ञवाली प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ दुवैसंग निकट छन् । उनकै नेतृत्वमा प्रहरीले भूटानी प्रकरणलाई सफलतापूर्वक अघि बढाएपछि दुवै उनिसंग सन्तुष्ट छन् । त्यही भएर नै दाहालले ज्ञवालीलाई हटाउने दबावलाई त्यति वास्ता गरेका छैनन् । दाहालसमक्ष देउवा र आरजूले मात्र हैन कांग्रेस र माओवादी केन्द्रकै प्रभावशाली नेताहरुले उनलाई मुख्यालय सरुवा गर्न दिनहुं दबाव दिइरहेका छन् ।
प्रधानमन्त्री दाहाल निकट स्रोतले दिएको जानकारीअनुसार देउवा र आरजूले पछिल्लो समय गृहमन्त्री श्रेष्ठलाई नै हटाउन दबाव दिइरहेका छन् । उनिहरुले श्रेष्ठले आफुहरुमाथि पुर्वाग्रह राख्न खोजेको आरोप लगाएका छन् । भ्रष्टाचार विरोधी अभियान र सुशासन कायम गर्न भन्दै सरकारले भटाभट पुराना फाइल खोलेसंगै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति त्यसबाट झस्केका छन् । उनले दाहालले आफुलाई दबावमा राख्न खोजेको अर्थमा यसलाई लिएको देउवा निकट स्रोतले बतायो ।
प्रधानमन्त्री दाहाल इटली जानुभन्दा पहिले भएको डिनर मिटिङमा समेत देउवा र उनकी पत्नी आरजूले श्रेष्ठलाई जसरी पनि हटाउन दबाव दिएको माओवादी स्रोतको दावी छ । उनिहरुले श्रेष्ठलाई नहटाए संगै जान नसकिनेसम्मको चेतावनी दिएका छन् । सभापति देउवाले श्रेष्ठलाई हटाउंदा गलत सन्देश जाने हो भने सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव समेत राखेका छन् । यसबारेमा बुझ्न कांग्रेस नेतृ राणासंग पटक पटक सम्पर्क गर्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन् ।
माओवादीबाट ल्याउने हो भने गृहमा जनार्दन शर्मा र वर्षमान पुनलाई ल्याउन समेत उनिहरुले सुझाएका छन् । दाहाल त्यसमा सहमत नभएको स्रोतको दावी छ । उनिहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण ब्रजचार्यलाई समेत हटाउन भनेका छन् । सिआईबीले ललिता निवास प्रकरणमा अनुसन्धान बढाएसंगै उनलाई हटाउन समेत शक्ति केन्द्र सक्रिय छन् । अहिले एआईजीद्धय ज्ञवाली र बज्रचार्यले राम्रो काम गरेको भन्दै उनिहरुको प्रशंसा भइरहेको छ ।
त्यतिमात्र हैन भूटानी शरणार्थी प्रकरणको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेका काठमाण्डु प्रहरी प्रमुख एसएसपी दान कार्की र अपराध अनुसन्धान महाशाखाका प्रमुख मनोज केसीलाई हटाउन समेत दबाव रहेको गृहमन्त्री निकट स्रोतको दावी छ । गृहमन्त्री श्रेष्ठले भने कानुन कार्यान्वयनमा आफुले कसैसंग सम्झौंता नगर्ने दावी गर्दै आएका छन् ।
सिआईवीको अपरेशनमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ ,गृहमन्त्रालयका पूर्व सहसचिव सुधिर शाह र संचारसचिव कृष्ण रावत प्रक्राउ परेका थिए । रावत भने अहिले अदालतको आदेशमा थुनामुक्त भएका छन् । नेपाल प्रहरीका एआईजीद्धय ज्ञवाली र बज्रचार्यले भुटानी र ललिता निवासमा अनुसन्धान अघि बढाएसंगै उनिहरुको विकल्प खोज्न सत्तारुढ दलकै नेता र ठुला व्यवसायी सक्रिय छन् ।
भूटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणाले समेत लेनदेन गरेको आरोप आरोपितहरुले लगाएपनि उनलाई प्रहरीले अहिलेसम्म बयान लिन सकेको छैन । प्रहरीले दोस्रो चरणको अनुसन्धान जारी रहेको बताउंदै आएको छ । राणा र पूर्व गृहमन्त्री बालकृष्ण खांड पत्नी मन्जु खांडलाई पैसा बुझाएको अडियो सार्वजनिक भएको थियो । तर, उनिहरुमाथि राजनीतिक दबावमा अनुसन्धान अघि बढ्न सकेको छैन ।
राणाले भने आफुलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको यसअघि दावी गरेकी थिईन । उनले प्रतिनिधिसभा बैठकपछि संचारकर्मीहरुसंग कुराकानी गर्दै नेपाल प्रहरीले तथ्यहिन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि जनाएकी थिईन । यसबाट पनि उनको प्रहरीका उच्च अधिकारीहरुप्रतिको असन्तुष्टि सजिलै बुझ्न सकिन्छ ।
हाम्रो पहुँच संवाददाता । ८ श्रावण २०८०, सोमबार