ट्राफिक कार्यालय जाजरकोटको राजश्वमा गिरावट

आर्थिक बर्ष २०७८÷०७९ भन्दा १० लाख कम

No photo description available.

जाजरकोट : जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको राजश्वमा संकलनमा गिरावट देखा परेको छ । आर्थिक वर्ष २०७८÷२०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा राजश्व संकलनमा गिरावट देखा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका अनुसार आर्थिक वर्ष २०७८÷२०७९ मा ३९ लाख ११ हजार पाँच सय रुपैंया राजश्व संकल भएकोमा गत आर्थिक वर्ष २०७९÷०८० मा २९ लाख १६ हजार रुपैंया राजश्व संकलनजमा भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा सबै भन्दा बढी १ हजार ८ सय ३२ वटा मोटरसाईकललाई कार्वाहीमा परेका छन् । यस्तै ७ सय ५७ जिप÷कार,६ सय ११ ट्रक,४ सय ६७ बस,३ सय ६० टेक्टर,३९ टेम्पु÷अन्य ३९,सावारी साधनवाट गरि जम्मा ४ हजार ६६ वटा सवारी साधनलाई कार्वाही गरिएको छ ।

उक्त कार्वाहीवाट २९ लाख १६ हजार राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका अनुसार सबै भन्दा बढि मोटरसाईकल कार्वाहीबाट १३ लाख ४ हजार असुली गरिएको छ भने क्रमश ः जिप÷कार कार्वाहीबाट ५ लाख ३७ हजार ५ सय रुपैंया,ट्रक कार्वाहीबाट ४ लाख ४० हजार ५ सय रुपैंया, बस कार्वाहीबाट ३ लाख २१ हजार ५ सय रुपैंया,टेक्टर कार्वाहीबाट २ लाख ७६ हजार,त्यस्तै टेम्पु तथा अन्य सवारी साधनको कार्वाहीबाट ३६ हजार ५ सय राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा सबै भन्दा बढि फाल्गुन महिनामा ४ सय ८५ वटा सवारी साधनलाई कार्वाही गरि ३ लाख ५३ हजार ५ सय रुपैंया राजश्व संकलन गरिएको छ । यस्तै सबै भन्दा कम मंसिर महिनामा १ सय ८९ वटा सवारी साधनलाई कार्वाही गरि १ लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक निरक्षक विजय पुनले बताए ।

उनले भने ‘कार्यालयमा जनशक्तिको व्यवस्थापन नहुदाँ,वर्षातको समयमा बाटो अवरुद्ध हुने र बाटो खुलाउनका लागि ट्राफिक प्रहरी साथीहरु त्यहाँ जानु पर्ने हुँदा सवारी चेक जाँचमा निरन्तरता दिन नसक्दा आर्थिक बर्ष २०७८÷०७९ को भन्दा कम राजश्व संकलन भएको हो ।’

तपाईको प्रतिक्रिया