नेपाल र युरोपेली संघबीच सम्झौतामा हस्ताक्षर

काठमाडौँ : नेपाल सरकार र युरोपेली संघबीच दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रवार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तरीय शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयुकी स्थायी प्रतिनिधि नोना डेप्रेजले हस्ताक्षर गरे।

‘गुणस्तरीय शिक्षा सबैका लागि’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५ करोड यूरो अर्थात् ७ अर्ब ३८ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ भने जलवायु परिवर्तनका लागि स्थानीय अनुकूलन’ पहलका लागि २ करोड २० लाख युरो अर्थात् ३ अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको हो।

सम्झौतानुसार सबैका लागि गुणस्तरीय शिक्षा’ले सरकारको विद्यालय शिक्षा कार्यान्वयनमा सहयोग पुर्‍याउने अर्थसचिव अर्जुन पोखरेलले बताए। उनले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भूमिका खेल्न महत्त्वपूर्ण योगदानको आशा रहेको बताए। उनले सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा युरोपेली संघलाई धन्यवाद दिए।

उनले युरोपेली संघले नेपालको दिगो सुदृढीकरणका लागि जलवायु परिवर्तनको अनुकूलनमा सहयोग गर्न आवश्यक रहेको बताए। उनले मानव पुँजी विकासका लागि शिक्षाको गुणस्तर महत्वपूर्ण रहेको बताए। उनले युरोपेली संघबाट २० वर्षको समर्थन जारी राख्न पाउँदा गर्व लागेको बताए।

नेपालले विकास र जलवायु कार्यलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको भन्दै संघले नेपालको प्रशंसा गरेको छ। प्रकोप जोखिम न्यूनीकरणका लागि उपायहरू योजना र विकास गर्न र ध्यान केन्द्रित गर्न स्थानीय तहलाई सक्षम बनाउन मानवीय तथा वित्तीय क्षमता अभिवृद्धि गर्न खर्च हुनेछ।

तपाईको प्रतिक्रिया