कोशिशका कार्यकारी निर्देशक र सरोकारवाला विच अन्तरक्रिया

No description available.

कोशिश । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्यको क्षेत्रमा कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । कोशिश संस्थाले सन् २०२० देखि नुवाकोटको पन्चकन्या गाउँपालिकासँगको सहकार्यमा “नुवाकोट जिल्लाको भूकम्प प्रभावित समुदायको पुनरुत्थानको सबलीकरण परियोजना”संचालन गरिरहेको छ ।

No description available.

उक्त परियोजना मार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको सवलिकरणका लागि मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा पैरवी,सचेतना अभिवृद्धि र सेवा प्रदानमा सहजीकरण गर्दै आहिरहेको छ । परियोजनाको करिब ३ बर्षको प्रगति,उपलब्धी,सिकाई र अनुभव बारे स्थानीय सरकार,स्वबलंबन समुह र सरोकारवालाको बुझाई,अनुभब र धारण सुन्न र छलफल गर्नका लागि श्रावन १ र २ गते कोशिश संस्थाका कार्यकारी निर्देशक मातृका देबकोटा,बरिष्ठ कार्यक्रम ब्यबस्थापक आभास डंगोल,अनुगमन मूल्यांकन,जवाफदेहिता,सिकाई ब्यबस्थापक नबराज गौतम लगायतको पन्चकन्या गाउँपालिकामा स्वाबलम्बन समूह र सरोकारवालासंगको अन्तरक्रियामा सहभागीता रहेको थियो ।

परियोजनाको समीक्षात्मक बैठकमा सहभागी भएका मातृका देबकोटालाई परियोजना संयोजक लोक प्रसाद गौतमले स्वागत गर्दै परियोजनाको प्रगती समीक्षा प्रस्तुत गरेका थिए । समीक्षात्मक बैठकले,परियोजनाले गाउँपालिका,स्वास्थ्य संथा,बिद्यालय,समुदाय र स्वबलंबन समूहहरुसंगको साझेदारी र सहकार्यमा कार्य गरेकोमा सम्पूर्ण साझेदार निकायप्रति आभार ब्यक्त गरेको छ ।

आफ्नो भावना साटासाट गर्ने,स्व पैरवी गर्ने,वकालत गर्ने उदेश्यले वाड नम्बर १ मा स्थापित श्री शक्ति स्वबलंबन समूहका अध्यक्ष प्रमिला सुबेदीले कार्यकारी निर्देशक सहितको टिमलाई स्वागत गर्दै कोशिशको कार्यक्रमलाई स्थानीय सरकार र परिवार सम्म पुर्याउन माग गरेका थिए । समुहकी कोषाध्यक्ष शान्ता सुनारले स्वबलंबन समुहको गठन प्रक्रिया र उदेश्यहरु माथि प्रकाश पार्दै समुहलाई जीविकोपार्जन कार्यमा सहयोग गर्न आग्रह गरेकी थिइन । जीविकोपार्जनले व्यक्तिलाई स्वनिर्भर हुन् सहयोग गर्ने, स्वनिर्भरताले आफू प्रतिको भरोसा अभिवृद्धि गर्ने र जीवन सहज हुने मातृका देबकोटाले बताईन् । कार्यकारी निर्देशकको समुदाय स्तरमा भेटघाटको अवसरको सन्दर्भमा पन्चकन्या गाउँपालिका १ नं. वडा कार्यालयले एक अनुभब आदान प्रदान कार्यक्रमको आयोजना गर्यो ।

वडाध्यक्ष महानन्द ढकालको अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव रोशनी पराजुलीको गरेकी थिईन् । यस्तै परियोजना संयोजक लोक प्रसाद गौतमको स्वागतमा संचालन भएको थियो भन्ने कार्यक्रमका मुख्य व्यक्तित्व मातृका देबकोटा, आभाष डंगोल, नबराज गौतम थिए ।

कार्यक्रममा भूपू अध्यक्ष तथा समाजसेबी मणिनाथ लामिछानेले “ समाजमा ब्याप्त विभेधिकरण, इर्ष्या, बन्चितिकरणले मनोसामाजिक समस्या उत्पन्न भएको” बताउनु भयो । कोशिशलाई यस पन्चकन्या गाउँ पालिकामा जनताको सेवा गर्न आउन अनुरोध गरेको बिगतको इतिहास सम्झदै आगामी दिनमा पनि आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पुर्ब प्रधानाध्यापक राम प्रसाद लामिछानेले, मानसिक स्वाथ्य समस्याले ग्रसित सडकमा रहेकी महिलाको उद्धार गरी “ टुटेको मन र परिवार जोडेको” दृष्टान्त उल्लेख गर्दै कोशिशको कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा मातृका देबकोटाले “ मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या आफुले भोगेर आएको र सो समयको समाधानको लागि २०६५ मा संथाको स्थापना गरी कार्य गरको जानकारी दिनु भयो । हाल संगठनले कोशी र मधेश प्रदेश बाहेक अन्य प्रदेशमा साझेदारहरुको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरको बताउनु भयो । कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष महानन्द ढकालले “ कोशिशसंगको सहकार्यमा मानसिक स्वास्थ्य सिबिर,सचेतनामुलक कार्यक्रम, बिद्यालय र समुदायमा मनिसमोजिक शिक्षा,स्वस्बलंबन समूह गठन तथा आपतकालीन सहायता केन्द्रमा बिरामीको सम्प्रेषण गरी सेवा प्रदान गरेको” जानकारी दिदै आगामी दिनमा समेत आर्थिक, भौतिक , नैतिक साथ, सहयोग र सहकार्य हुने बचनबद्धता ब्यक्त गर्दै कार्यक्रमको निरन्तरताको लागि अनुरोध गर्नु भयो ।

No description available.

यसै गरी, श्रावन २ गते, पन्चकन्या गाउँपालिकाको सभा हलमा स्याहार कर्ताहरुको लागि स्वहेरचाहकार्यक्रम कोशिशका मनोबिद दिवाकर जोशीको अध्यक्षता, मनोबिद अनुप आचार्यको सहजीकरणमा सम्पन्न भयो । उक्त कार्यक्रममा पालिकाक अध्यक्ष तेज बहादुर तामांगको प्रमुख अथित्यता, पालिका उपाध्यक्ष बिमला के सी को बिशिस्ठ आथिथ्यतामा सम्पना भयो । १६ जना स्याहारकर्ताको उपस्थिति रहिको कार्यक्रममा निर्देशक मातृका देबकोटाले मनोसामाजिक अपांगतामा रहेका ब्यक्तिले के कस्ता सामाजिक अबरोधको सामना गर्ने परेको छ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनु भयो ।

No description available.

सरोकारवालाको बुझाई, अनुभब र धारण सुन्न र छलफल गर्नका लागि पालिका अध्यक्ष तेज बहादुर तामांगको कार्यकक्षमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पालिका उपाध्यक्ष बिमला के सी, स्वास्थ्य शाखा संयोजनक हेमनारायण महत्तो, शिक्षा शाखाका धर्मराज रिजाल, कृषि शाखाको प्रमुख सुदिप भट्टराई, पूर्व वडा अध्यक्ष मणिनाथ लामीछाने र संगठनका टिमको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा परियोजना संयोजकले हालसम्मको प्रगति प्रस्तुति गर्नु भयो । सहभागी सम्पूर्णले कोशिशको कार्यको प्रशंसा गर्नु भयो । पालिका अध्यक्षले “मेरो पालिकामा,हाम्रो आवस्यकता समोधन गर्न, हाम्रो अनुरोधमा संचालित परियोजना, पालिकाकै परियोजना भएको” धारण व्यक्त गर्नु भयो ।

मानोसामाजिक समस्या समाधान गर्न, अपांगता अधिकार प्रबर्धन गर्न, पालिकाको १४ औ अधिबेशनले नीति तथा कार्यक्रममा समेत केहि सम्बोधन गर्ने प्रयास गरेको, बजेट वक्तव्य मार्फत केहि रकम बिनियोजन गरेको, समपुरक कोषको रुपमा बजेट बिनियोजन गरेको कुरा जानकारी दिदै कार्यक्रम थप र विस्तारका लागि समेत निर्देशक तथा टिम समक्ष्य अनुरोध गर्नु भयो । परियोजना संचालनमा नजिकको समन्वय, सहकार्य र साथ रहेकोमा नुवाकोट परियोजना टिमलाई धन्यबाद व्यक्त गर्नु भयो । निर्देशकले परियोजना संचालनमा पालिकाको साथ सहयोग, अबिभाबकत्वको मुक्तकण्ठले प्रसंशा गर्दै, आगामी दिनमा समेत सोहीअनुसारको सहयोग र साथको कामना गर्दै , आगामी दिनमा परियोजनाको अबधि “थप हुन्छ होला” भन्ने आशय ब्यक्त गर्दै सम्पूर्णमा आभार ब्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया