श्रमजीवी पत्रकार संगठन जाजरकोटमा गठन, संयोजकमा सरोज वली

जाजरकोट । जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ । सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयोजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् ।

सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् । संगठनको सल्लाहकारमा दीपबहादुर घर्ती, हेमन्त केसी, सुरेन्द्र सिंह र रामकुमार शाही बनेका छन् ।

जिल्लाको विकास निर्माणका गतिविधीहरुलाई प्रमुख एजेण्डा बनाएर संगठनको गठन गरिएको संयोजक सरोज वलीले बताए । यहाँ धेरै विकास निर्माणको गतिविधी अलपत्र छन्, पर्यटनको राम्रो सम्भावना छ’ उनले भनेर्, यिनीहरुको प्रचार गर्नु हाम्रो दायित्व हुनेछ ।’ समृद्ध जाजरकोट निर्माणमा हातेमालो हुने उनले बताए ।

तपाईको प्रतिक्रिया