अखण्ड भारतबारे सरकारको जवाफ : राजनीतिक विषय होइन भन्ने धारणा आइसक्यो

काठमाडौं : सरकारले भारतीय संसदमा नेपालका क्षेत्र समेटिएको चित्र टाँसेको राजनीतिक विषय नभएको प्रष्टीकरण दिएको छ।

सोमबार विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले यस विषयमा भारतसँग पनि कुरा भएको र त्यो राजनीतिक विषय नभएको जवाफ आएको बताएका हुन्।

उनले लुम्बिनी, कपिलवस्तु र जनकपुरलाई समेटेर भारतको नवनिर्मित संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिको तस्बिरबारे भारतले राजनीतिक विषय नभएको जवाफ दिएको बताएका हुन्।

‘भारतीय संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिबारे सरकारको ध्यानाकर्षण भएको छ, त्यसमा सम्राट अशोकको समयमा उनको राज्यको फैलावट जनाइएको र त्यो राजनीतिक विषय नरहेको आधिकारिक धारणा भारतीय विदेशमन्त्रीबाट आइसकेको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया