नेपाललाई तेस्रो झड्का, आरिफ शेख ६ रनमा आउट


काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध भिडिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

आरिफ शेख ४ बलमा ६ रन बनाएर आउट भएका छन्। यसअघि कुशल भुर्तेल २७ रनमा आउट भएका थिए भने आसिफ शेख शून्यमा पेभिलियन फर्किए।

जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।

समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ ।

तपाईको प्रतिक्रिया