विश्वकप छनोट : नेपाल नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा, आशिफ शेख शून्यमा आउट

काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ। जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।

नेपालले सुरूवाती झड्का व्यहोरेको छ। ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमै आउट भएका छन्।

समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ। नेदरल्याण्ड्स दुई खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ। आजको खेल जिते नेपाल तेस्रो स्थानमा उक्लिेनछ। तर नेदरल्याण्ड्सले आफ्नो अन्तिम खेल जिते तेस्रो टोलीको टुंगो नेट रनरेटको आधारमा लाग्नेछ।

नेपालले नेदरल्याण्ड्ससँग हालसम्म जम्मा दुईवटा एक दिवसीय खेल खेलेको छ। जसमा दुवै टोलीले एक–एक खेल जितेका छन्। नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल २०१८ अगस्ट १ मा भएको थियो। यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो। तर, उक्त खेलमा नेपाल ५५ रनले पराजित भएको थियो।

नेपाल र नेदरल्यान्ड्सबीच सन् २०१८ को अगस्ट ३ मा भएको भएको सोही सिरिजको दोस्रो खेलमा नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो। विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्माब्वेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

आफ्नो तेस्रो खेलमा नेपाल बिहीबार पूर्वविश्वविजेता वेस्टइण्डिजसँग १०१ रनले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया