तिमि साथमा हिँड्दा बिहानीको समय थियो
यो मनमा खुसीले बास गरेको थियो
पहाड जस्तो ठाडो शिर गरेर हिँडे म
मन भित्रका सपनाको बारेमा सोच्दै थिए म
तिम्रो याद आउँदा मन बुझाउन गाह्रो हुन्छ
भेट्ने त मन थियो तर बास यही हुन्छ
के भनूँ खै तिमि पनि हिँड्छौ होला
मलाई जस्तै तिमिलाई पनि एक्लै बस्न गाह्रो होला
यो मन दुःखी हुन्छ तिम्रो खबर नपाउँदा
खुसी हुन्छ मन तिम्रो मिठो बोली सुन्दा
यो जीवनमा मैले तिमिलाई सम्झे
तिम्रो खुसीमा सारा संसार देखे
केही कुरा भनूँ थियो मनमै रह्यो
तिमि साथमा हिँड्दा बिहानीको समय थियो
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
हाम्रो पहुँच संवाददाता । ९ असार २०८०, शनिबार