काठमाडौँ । ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै यौन हिंसाको अनुभव गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार ८५ प्रतिशत किशोरीहरूले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको पाइएको हो ।
सर्वेक्षणमा सहभागी किशोरीलाई पहिलो पटक भोगेको यौन हिंसाबारे प्रश्न गरिएको थियो । जसमा ८ प्रतिशत किशोरीहरूले १५ वर्षको उमेरमा यौन हिंसा भोगिसकेको बताएका हुन् ।
सर्वेक्षणमा १५ देखि ४९ वर्षका महिलाहरूमध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेको बताएका छन् । पछिल्लो १ वर्षमा ११ प्रतिशत महिलाले शारीरिक हिंसा भोगेको पाइएको छ ।
यस्तै वैवाहिकस्थिति अनुसार ६ प्रतिशत महिलाले विवाह नगरेको तर, यौन साथी रहेको देखिएको छ । यस्तै २६ प्रतिशत विवाहित महिला वा यौन साथीसँग बस्नेहरूले शारीरिक हिंसाको अनुभव गरेको सर्वेक्षण देखाएको छ । यस्तै सम्बन्ध विच्छेद भएका, छुट्टिएका वा बिधुवा भएका ४७ प्रतिशत महिलाले पनि शारीरिक हिंसा भोगिरहेको पाइएको छ । विवाहित वा कुनै पुरुष साथीसँग बसेका महिलाहरूलाई शारीरिक हिंसा गर्नेमा वर्तमान र पूर्व पति वा यौन साथी रहेको देखिएको छ ।
यस्तै १५ देखि ४९ वर्ष उमेर समूहका १७ प्रतिशत महिलाले श्रीमानको वा यौन साथीबाट भावनात्मक, शारीरिक वा यौन हिंसा भोगेका छन् ।
हाम्रो पहुँच संवाददाता । ८ असार २०८०, शुक्रबार