जाजरकोट । पश्चिम नेपालका आदिवासी थारू समुदायमा मात्रै देखिंदै आएको सिकलसेल एनिमिया पहाडी जिल्ला जाजरकोटमा भेटिएको छ । जाजरकोट जिल्लाका एक परिवारका ५ जनामा सिकलसेल एनिमिया सम्बन्धी रोग देखिएको सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले बताए ।
हात,खुट्टा र शरीरका जोर्नीहरू दुख्ने,रगतको कमी हुने जस्ता स्वास्थ्य समस्या देखिएपछि जाजरकोट,सुर्खेतदेखि नेपालगञ्जका विभिन्न अस्पतालहरूमा लगायत भेरी अस्पतालमा परीक्षण गर्दा सिकलसेल एनिमिया देखिएको हो । छोरीमा सिकलसेल देखिएपछि परिवारका अन्य सदस्यहरूको रगत परीक्षण गर्दा दिदी र दाइलाई पनि सिकलसेल देखिएको छ ।
आमा र बुवालाई समेत सिकलसेल वाहक सम्बन्धी समस्या देखिएको छ । परिवारका अन्य २ जनाको रगत परीक्षण भएको छैन । चिकित्सकहरूका भनाइमा,सिकलसेल वाहक भएका केटा र केटीको बीचमा बिहेबारी भयो भने उनीहरूका सन्तानमा सिकलसेल रोग वंशाणुगत रूपमै सर्छ ।
सिकलसेल एनिमिया विशेषज्ञ डा.राजन पाण्डे भन्छन्, ‘निरन्तरको मिडिया एड्भोकेसी,चिकित्सक,स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत नागरिक समाजका निकाय बीचको सहकार्यकै कारण सिकलसेलका क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मार्न सफल भएको छ । तर, यत्तिमा चित्त बुझाउनुहुन्न । गर्नुपर्ने काम अझै धेरै बाँकी छन् ।
हाम्रो पहुँच संवाददाता । ८ असार २०८०, शुक्रबार