बेलुका टिल्ल खाएर भोलिपल्ट बिहान योग गर्नुको औचित्य छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन बाहिर रहेर योग गर्नुको औचित्य नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले योग र मान्छेको आचरण फरक दिशामा जान नसक्ने बताए।

‘बेलुका भएपछि टिल्ल रक्सी खाएर भोलिपल्ट बिहान योग गर्‍यो भने त्यसको औचित्य हुँदैन। ह्याङओभर नै हटेको हुँदैन’, ओलीले भने, ‘त्यसकारण जता योगले तान्छ त्यतापटि जानुपर्छ। आचरण एकातिर योग अर्कोतिर चल्न सक्दैन।’

अहिले समाजको सबैभन्दा ठूलो कमजोरी भनेको अनुशासनहीनता र अराजकता रहेको भन्दै ओलीले जिम्मेवारीबोध र स्थिर मनले सोचेर अघि बढ्नुपर्ने बताए।मानिसमा अहंकार बढेपछि मानिसले प्रगति गर्न नसक्ने उनको तर्क छ।

‘मान्छेको दिमागमा अहंकार पस्यो भने त्यसले भित्रबाट चुकुल लगाउँछ। साँचो पनि लगाउँछ। ओलीले भने, ‘अरू केही ज्ञान, सीप आचरणका कुरा भित्र जानै पाउँदैन। घमण्ड मात्रै रहन्छ। अनि घमण्डी दिमागले प्रगति गर्न सक्दैन।’

तपाईको प्रतिक्रिया