
काठमाडौं : नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
वर्षौंदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउन बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे।
सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए। नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको उनको भनाइ छ।
उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
‘क्रिकेट ग्राउण्ड त बनाईदेऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउँ न । बजेट छुट्टयाईदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ। त्यसकारण हामीले या कुरालाई पनि बुझनुपर्छ। यसलाई हामीले पाठ्यक्रममा राखि दिऊँ । उनले भने, ‘यिनीहरूको बारेमा विश्वविद्यलाय बनाउनु। अझ माउन्टेन चढने कुराका लागि विश्वविद्यालय बनाईदिउँ त । कहाँ–कहाँका व्यक्तिहरू आउँछन्। उनले भने, ‘लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने हजारौं बेडको ठूलो हस्पिटल बनाई दिनुस् । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन् । के छैन नेपालमा ? कहाँ छ हाम्रो सोच, कहाँ छ हाम्रो दृष्टिकोण? त्यसकारण हामी समय अनुसार चल्न सकेनौं कि । समय बुझेनौं कि ? ’
सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहोर्याए। हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने स्मरण गराए ।
















































हाम्रो पहुँच संवाददाता । ६ असार २०८०, बुधबार