जगतिपुर । भेरी नगरपालिका ११ स्थिति जगतिपुर सामुदायिक वन लागेको आगो नियन्त्रण बाहिर गएको छ । वडाको दक्षिण पुर्बी क्षेत्र बाट तीन दिन देखि फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।
विकट भूगोलका कारण स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेनाले अथक प्रयास गरेपनि नियन्त्रण बाहिर गएको स्थानीय केशव प्रसाद शर्माले बताए । उनका अनुसार उक्त वन क्षेत्र भित्र २०७६ साल देखि एभरेस्ट कम्पनी र जगतिपुर सामुदायिक वन उपभोक्ता समिति भेरी ११ विच सम्झौता भई खोटो निकाल्ने कार्य भईरहेको थियो ।
सामुदायिक वन क्षेत्र भित्र २०० देखि २५० संकलित टिना खोटो जलेर नस्ट हुनुका साथै १२०० बढी सल्लीमा लगाएका गमलाहरु नष्ट भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार वनमा आगोका कारणले लाखौंको क्षति भएको छ ।
सन्देश आचार्य । ३ असार २०८०, आईतवार