शनिवार विशेष साहित्य श्रृंखला


गजल
म अन्यौंलमा पर्दा बाटो देखाउने नाता हौ तिमी
झरी झै दुःखले झिजाउँ ओत लगाउने छाता हौ तिमी

यो दुनीयाको हेर्ने नजरको मलाई कुनै मत्लव छैन्
जत्ति पढ्यो उक्ति पढ्न मन लाग्ने एक कथा हौ तिमी

कसरी गरौं तिम्रो बयान के दिउँ उदाहरण यो दुनीयालाई
आदर्श,संस्कार अनि शान्तीले भरिएको गाथा हौ तिमी
गजल
छिनछिनमा तिम्रो यादले अतित बल्झाइ दिन्छ
अगाडी बढ्न खोज्दा पाईलाहरु त्यसै अल्झाइ दिन्छ ।

यर्थाथलाई नबुझेर सजाय छु सपनाहरु
टोलाउछुँ एकान्तमा तिम्रो यादले झस्काइ दिन्छ

आत्मै देखि तिमीलाई चोखो माया दिएको थिए
स्वार्थी रहेछौं त्यहि पलले मनका आगो सल्काइ दिन्छ

ममता नेपाली
बारेकोट गाउँपालिका,जाजरकोट

तपाईको प्रतिक्रिया