शनिवार विशेष साहित्य शृंखला


मुक्तक
१.
कालान्तरमा तिम्रो कुरा हर दम,हर बखत हुने छ
तिम्रो अहङ्कार जत्ति यहि पुस्तामा खपत हुने छ ।
आज मच्चाउ लुटतन्त्र तिमी,न्यायमाथी बादल छ
न्यायको उदयसंगै,तिम्रो सब थोक जफत हुने छ ।

२.
हिजो देशकै लागि पर्ने पनि त रगत तिम्रै हो
भनिदेउन मेरो जिन्दगी पनि हर बखत तिम्रै हो ।
किन नडाउँछौ तिमी आजभोली छिमेकीसंग
तिमीले शासन गरिरहेको यो जगत तिम्रै हो ।

३.
हामीलाई प्राणभन्दा बढी यो देशको माया लाग्छ
विरलै पाईन्छ विरता यो देशको माया लाग्छ ।
नदेखाउ मृत्युको त्यो डर हामीलाई,लाग्दैन डर
मृत्युको लाग्छ त केवल यो देशको माया लाग्छ ।

 

—भुपेन्द्र नेपाली ‘पृथक’
बारेकोट गाउँपालिका,जाजरकोट

तपाईको प्रतिक्रिया