जाजरकोट । जाजरकोटमा लम्पी स्किन राेग संक्रमितबाट १ हजार ४ सय ६० पशुचौपाय मरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको असार १८ गते सम्मको तथ्याङ्ग अनुसार लम्पी स्किन संक्रमितबाट १ हजार ४ सय ६० पशुचौपाय मरेका हुन् ।
जिल्लाभर ९ सय २ गोरु, २ सय ४९ गाई, १ सय ९९ भैंसी र १ सय १० वाछावाछीको मृत्यु भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु चिकित्सक डा.सुशिल ऐरीले बताए । उनका अनुसार सबैभन्दा बढि कुशेमा ३ सय ९३, जुनीचाँदे गाउँपालिकामा ३ सय ४३, छेडागाडमा २ सय २८, भेरी नगरपालिकामा १ सय ६२, बारेकोट गाउँपालिकामा १ सय ३०, नलगाड नगरपालिकामा १ सय १३ र सबैभन्दा कम शिवालय गाउँपालिकामा ९० पशु चौपायको मृत्यु भएको छ ।
२१ हजार २ सय ३२ संक्रमित
जिल्लाका २१ हजार २ सय ३२ पशु चौपायमा लम्पी स्किन देखा परेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार ३ सय ९६ गाई, १४ हजार ५ सय २६ गोरु,१ हजार १ सय ५२ वाछावाछी र २ हजार ४ सय ५४ भैंसी गरी जम्मा २१ हजार २ सय ३२ पशु चौपायमा लम्पी स्किन देखा परेको हो ।
सबैभन्दा बढी छेडागाड नरपालिकामा ८ हजार एक, सय ९, नलगाड नगरपालिकामा २ हजार ६ सय ९४, कुशे गाउँपालिकामा २ हजार ६ सय ५९, जुनीचाँदे गाउँपालिकामा २ हजार २ सय १७, भेरी नगरपालिकामा १ हजार ८ सय १५, शिवालय गाउँपालिकामा ८ सय ९० र सबैभन्दा कम बारेकोट गाउँपालिमा ६ सय ६० रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
भुपेन्द्र नेपाली । १ असार २०८०, शुक्रबार