कक्षाकोठामा विद्यार्थी वेहोस हुने समस्या देखिएपछि…


जाजरकोट । बारेकोट गाउँपालिका –०१ सिर्पाचौरमा रहेको हिमालय देवी आधारभुत विद्यालयका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने कक्षा कोठामा अचेत हुन थालेको विद्यालयका शिक्षक विरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार करिव १५ दिन देखि निरन्तर विद्यार्थीहरुमा समस्या देखिएको छ । समस्या ९–१२ बर्ष उमेर समुहका विद्यार्थीहरुमा देखिएको शिक्षक बस्नेतले बताए ।

‘बारेकोट गाउँपालिकामा कार्यरत मनोपरामर्श डाक्टर ल्याएर देखायौं, उनले भने, ‘तर केही सुधार भएको छैन्, अव यो समस्या समाधानका लागि के गर्ने भन्ने विषयमा अन्यौलमा छौं ।’

९ देखि १२ वर्ष उमेर समुहका बालबालिका दैनिक एक÷दुई घण्टासम्म यस्तो समस्या देखिएको छ ।

No description available.

कक्षामा पढदापढदै छात्रछात्राले एक्कासि मरेका मान्छे आयो आयो भनेर चिच्याउने र अचेत हुने गरेक छन् । घरबाट विद्यालय आउँदा सामान्य रहेका विद्यार्थी पनि दोस्रो तेस्रो घण्टी हुँदा सम्ममा यस्तो समस्यामा पुग्ने गरेका छन् ।

बेहोस हुँदा शरीर कांप्ने,पेट दुख्ने, रिगंटा लाग्ने र बेहोस भएपछि चिच्चाउने कराउने मान्छे नचिन्ने लक्षण देखा परेको उनको शिक्षक बस्नेतले बताए । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने बताउँदै उनले भने सबै जसोमा एउटै लक्षण देखिएको छ ।

एउटै बेन्चमा बसेका र मन मिल्ने साथी बेहोस हुनेबित्तिकै अर्को पनि त्यस्तै हुने गरेको छ । एउटै केटी धेरैपटक बेहोस हुने गरेका छन् । अघिल्लो दिन बिरामी परेका भोलिपल्ट सामान्य अवस्थामा विद्यालय आउने र कक्षा प्रवेश गर्ने वित्तिकै ढल्ने गरेको पाईएको छ । घरमा केही नहुने तर विद्यालय पुग्नसाथ बेहोस हुने गरेको स्थानीय बताउँछन् । उनीहरू भन्छन्, ‘यो अनौठो भयो उनले भने, ‘विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेका छन ।’

तपाईको प्रतिक्रिया