जाजरकोट । आगामी असार ५ गते जाजरकोट खलंगामा मौलिक सिंगारु नाच प्रतियोगिता हुने भएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको प्रथम बार्षिक उत्सवको अवसरमा मौलिक सिंगारु नाच प्रतियोगिता हुने प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए ।
केसीका अनुसार जाजरकोट दरबार क्षेत्रमा रहेको रातो दरवारको प्राङ्गणमा सिंगारु नाच प्रतियोगिता सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा आकर्षण पुरस्कार समेत रहेको छ । प्रथम, दृतिय, तृतिय जसमा क्रमश २५ हजार, २० हजार र १५ हजार पुरुस्कार रहेको छ । यस्तै सान्तवना पुरस्कार १० हजार रहेको अध्यक्ष केसीले बताए ।
यस्तै, असार ५ गते जाजरकोटी सम्पदा संरक्षणमा यूवा, विद्यार्थीको भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । प्रथम, दृर्तिय, तृर्तिय पुरस्कार क्रमश ४ हजार, ३ हजार, २ हजार र सान्तवना पुरस्कार रहेको छ । जाजरकोट प्रतिष्ठानले दरबार क्षेत्रमा संग्राहलय बनाउने अभियान समेत थालेको छ ।
हाम्रो पहुँच संवाददाता । ३१ जेष्ठ २०८०, बुधबार