पाँच महिनादेखि डाक्टरविहीन लिम्सा अस्पताल

No description available.
जाजरकोट । बारेकोट गाउँपालिका –०२ लिम्सामा रहेको प्रस्तावित आधारभुत अस्पताल पाँच महिना देखि डाक्टरविहीन बनेको छ । गत पुस २६ गते डाक्टर सन्तोष चपाई गएपछि अस्पतालले नयाँ डाक्टर पाउन सकेको छैन् ।

नागरिकको स्वास्थ्य हकलाई सुरक्षित राख्न कर्णाली प्रदेश सरकारले ६० प्रतिशत र बारेकोट गाउँपालिकाले ४० प्रतिशत व्यहोर्ने गरी २०७८ फागुनमा डाक्टर चपाई अस्पतालमा हाजिर भएका थिए । डाक्टर नहुँदा एक्सरे, पोस्टमार्टम सहित विशेषज्ञ सेवा बाट स्थानीय बञ्चित भएका छन् । डाक्टरद्धारा प्रदान हुने सेवा सुविधा पाउन बाट स्थानीय बञ्चित छन् ।

समान्य उपचारका लागि स्थानीय दल्ली अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय धाउन बाध्य भएको स्थानीयले सुनिता विकले बताईन् । डाक्टर ल्याउने विषयमा गाउँपालिकाले कुनै चासो नदिएको उनीहरुको भनाई छ । यता गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले केही दिनमै डाक्टर ल्याउने तयारी भईरहेको बताए । ‘हामीले कुरा गरिरहेका छौं, अध्यक्ष गिरीले भने, ‘अवको केही दिनमा अस्पतालमा डाक्टर आउनुहुन्छ ।’ बारेकोट गाउँपालिकाको एउटा मात्रै हस्पिटल लिम्सामा डाक्टर (एमविविएस) रहदै आएको छ ।

तपाईको प्रतिक्रिया