प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।
जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३० औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।
तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उप नेता दिपेन्द्र ठाकुरले बताए ।
राजनीति दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन दिन लागेको उनले बताए ।
एमाले मधेस प्रदेशको सबैभन्दा ठूलो दल हो ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् ।
यस्तै ३ जना स्वतन्त्र सांसद छन् । मधेस प्रदेशका कुल सांसद १०७ भए पनि आजको बैठकमा ९७ जना उपस्थित छन् ।
हाम्रो पहुँच संवाददाता । ३० जेष्ठ २०८०, मंगलवार