९७ बाट घटाएर ३५ जना सदस्यको मात्रै सदस्यता नवीकरण गर्ने पत्रकार महासंघ जाजरकोटको निर्णय

May be an image of 8 people
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले ९७ बाट घटाएर ३५ जना सदस्यको मात्रै सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघको विधान र सदस्यता शुद्धीकरण मापदण्ड २०७९ बमोजिम ३५ जना सदस्यको मात्रै सदस्यता नवीकरणका लागि प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय गरिएको पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए ।

शुक्रबार बसेको शाखाको कार्यसमितिको बैठकले राजनीतिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी निकायमा जागिर गरिरहेका, लामो समयदेखि निष्क्रिय रहेका, पार्टीका भातृ संगठनमा आवद्ध सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको अध्यक्ष शर्माले बताए । सदस्यता शुद्धीकरण मापदण्डले विशुद्ध पत्रकारितामा आवद्ध पत्रकारहरुको हकहित गर्न मद्दत पुग्ने शर्माले विश्वास व्यक्त गरे ।

यस्तै ६२ जना शाखाका सदस्यहरुलाई स ‒सम्मान विदाई गर्ने निर्णय समेत गरिएको छ । शाखाका पूर्व अध्यक्षहरुलाई मानार्थ सदस्यता दिने निर्णय गरिएको छ । पत्रकार महासंघका क्रियाशिल पत्रकार बाहेक अन्य विभिन्न राजनीतिक दलमा आवद्ध, भातृ संगठनमा आवद्ध, सरकारी जागिरे, निजी क्षेत्रमा जागिर गरिरहेका, पत्रकारितालाई सहायक मानेर काम गरिरहेका सदस्यहरुको सदस्यता खारेज गर्न देशभर शुद्धीकरण अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया