काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार (आज) तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि तोलामा एकैपटक ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
हाम्रो पहुँच संवाददाता । २६ जेष्ठ २०८०, शुक्रबार