जन्मदिनमा डेजीले बाँडिन् शैक्षिक सामग्री

May be an image of 6 people
छेडागाड । आफ्नो जन्मदिनको अवसर पारी छेडागाड नगरपालिका ९ की दिपीका अधिकारी (डेजी) ले तीन वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकी छन् । बुधबार वागेश्वरी माद्यामिक विद्यालयका ४० जना, वागेश्वरी प्राथमिक विद्यालयका १० जना र दुर्गा आधारभुत विद्यालयका १० जना गरी विद्यालयमा अध्ययनरक्त जम्मा ६० जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

May be an image of 5 people

जन्मदिनलाई फजुल खर्च गरेर मनाउनुभन्दा गरिव तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दा पाउँदा आफु निकै खुशी भएको डेजीले बताईन् । शैक्षिक सामग्री पाएपछि विद्यालयमा अध्ययनरक्त विद्यार्थीहरु निकै खुशी भएका छन् । उनी जाजरकोटका प्रसिद्ध लोकगायक स्वर्गीय शेरबहादुर अधिकारी र शारदा अधिकारीकी नातिनी हुन् भने यूवा समाजसेवी अर्जुन अधिकारी की छोरी हुन् । अर्जुन अधिकारीले सामाजिक सञ्जालमा समाज सेवाको यात्रा अनवरत रूपमा अगाडी बढिरहोस् भन्दै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

 

May be an image of 8 people

तपाईको प्रतिक्रिया