जाजरकोट । नेकपा एमाले जाजरकोटका संस्थापक नेता रत्नप्रसाद शर्मा न्यौपानेको सम्झनामा प्रकाशित ’रत्न स्मारिका’ विमोचन गरिएको छ । रत्नप्रसाद न्यौपाने फाउण्डेसनद्धारा प्रकाशित रत्न स्मारिका स्वर्गीय नेता न्यौपानेको घर छेडागाड नगरपालिका ६, सुवानाउलीमा विमोचन गरिएको हो ।
न्यौपानेको दोश्रो वार्षिक स्मृति सभामा नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्यले स्मारिकाको विमोचन गरेका हुन । पूर्व सांसद न्यौपानेले पार्टी निर्माण र समाज रुपान्तरणमा गरेको योगदानका विषय समेटेर रत्न स्मारिका प्रकाशन गरिएको हो । स्मारिका विमोचन गर्दै पार्टी निर्वाचन विभाग उपप्रमुख समेत रहेका आचार्यले स्वर्गिय नेता न्यौपाले पर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।
न्यौपाने आफ्ना राजनीतिक गुरु भएको भन्दै नेता आचार्यले उनले विद्यार्थी, शिक्षक हुँदै पूर्णकालिन राजनीतिमा आएर पार्टी निर्माण, समाज परिवर्तन र जिल्लाको विकासमा ठुलो योगदान गरेको बताए । आफ्नो जिम्मेवारी प्रतिको बफादारिता, सक्रियता, सरलता र सादगीपन न्यौपानेका अनुसरण गर्न लायक गुण भएको आचार्यको भनाई छ । परिवारिक सम्बन्ध समेत रहेका न्यौपाने संग भेट नभएको भए आफु राजनीतिमा नआउन सक्थे भन्दै आचार्यले भने, ’म रत्न कमरेडकै कारण राजनीतिमा आएको हुँ, र म जस्ता कयन कार्यकर्ता छन जो रत्नकै कारण नेकपा एमालेमा लागे ।’
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतारा, प्रदेश कमिटी सदस्यहरु नवराज सिंह र सरिता वली, जिल्ला अध्यक्ष खिमबहादुर शाही लगाएतले स्वर्गिय नेता आचार्यको योगदानलाई सम्झिदै श्रद्धान्जली व्यक्त गरेका थिए । फाउण्डेशनकी अध्यक्ष एवम् स्वर्गिय नेता न्यौपानेकी श्रीमती राधिमा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा न्यौपानेका बुवा र आमाको पनि सहभागिता रहेको थियो ।
२०५६ सालमा जाजरकोट क्षेत्र नं. २ बाट प्रतिनिनिसभा सदस्यमा निर्वाचित न्यौपानेको २०७८ साल जेठ १२ गते विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणले ५५ वर्षको उमेरमा निधन भएको थियो । प्रकाशित स्मारिकामा स्वर्गिय नेता न्यौपानेको बाल्यकाल, पारिवारिक तथा शैक्षिक अवस्था, राजनीतिक जिम्मेवारी र योगदान तथा व्यक्तिगत आचरण लगाएत उनिसंग सम्बन्धित विषयहरु समेटिएको छ ।
हाम्रो पहुँच संवाददाता । १४ जेष्ठ २०८०, आईतवार