संम्भव छ– सम्ंभव छ– संम्भव छ !

May be an image of 1 person and outdoors

युगको आँखामा
पेरिस कम्युनले प्रमाणित गर्यो
बादशाहहरुलाई घोडाबाट पछार्न सम्भव छ

सोभियत सत्ताले प्रमाणित गर्यो
बैज्ञानिक समाजवाद स्थापना गर्न, प्रयोग गर्न
र, जनता र देशलाई समृद्ध गर्न सम्भव छ

यो युगको नजरिया हो….

दशकको आंखाबाट हेर्यो भने
हाम्रो निम्ति नेपाल नै काफी छ….

राणाहरुको जगजगिमा
कम्युनिस्ट पार्टी निर्माण गर्न संभव छ ?
पुस्पलालहरुले गरेर देखाईदिए,
कम्युनिस्ट पार्टिले शसत्र संघर्ष गर्न संभव छ ?
झापा बिद्रोहले देखाईदियो,
महाराजाहरुलाई जित्न संभव छ ?
जनयुद्धले देखाईदियो,
संभव छ– संभव छ– संभव छ !

आजका श्रमजिविले जितेको सत्तालाई टिकाउनु छ
त्यो युगको आंखामा अधुरो दायित्व हो
हामिले यो दायित्वलाई पनि संभव तुल्याउनु छ
यहि जिम्मेवारी हामिले पूरा गर्न सक्यौं भने
हामि युग पर्वतक बन्नेछौं….
हामिले पुंजिवादी संकटले छोपिएको यो युगलाई बदल्नु छ,

युगलाई हामिले हाम्रा दशकहरुमा उन्न सकेनौं भने
आजको दुनिंयामा हामी हराउनेछौं कतै
हामिलाई हराउने छुट छैन
किनकी अगाडि उत्घाटित संभावना
अब बैज्ञानिक समाजबादमा बदलिनै पर्छ

सरदर काम गरेर यो पूरा हुंदैन
यो युगका कम्युनार्ड हो……
त्यसैले प्रकाशको गति समाउ प्रकाशको गति…..
यो युगलाई बदल्नु छ र यो संभव छ ।

तपाईको प्रतिक्रिया