जाजरकोट । जाजरकोटमा हावाहुरीले विद्यालयको छाना उडाएको छ । गएराति आएको हावाहुरीले भेरी नगरपालिका – २ तिमीलेस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको छाना उडाएको शिक्षक बल खत्रीले जनकारी दिए । हावाहुरीले छाना उडाएपछि उक्त विद्यालयको पठनपाठन प्रभावित हुने भएको छ ।
‘ठूलो हावाहुरीले टिनको छाना उडायो, उनले भने, सम्बन्धित निकायले तत्काल नयाँ छाना नहाल्ने हो भने पठनपाठन प्रभावित हुन्छ । तीन कोठे भवनको छाना भत्केपछि विद्यालयलाई लाखौंको क्षति भएको छ ।
हाम्रो पहुँच संवाददाता । १० जेष्ठ २०८०, बुधबार