जाजरकोटका तीन स्थानीय तहमा अन्तर पार्टी महिला संजालको कार्य समिति गठन

No description available.

जाजरकोटका तीन स्थानीय तहमा पालिका स्तरीय अन्तर पार्टी महिला संजालको कार्य समिति गठन गरिएको छ । अन्तर पार्टी महिला संजाल जाजरकोटको आयोजना जिल्लाका तीन स्थानीय तहमा अन्तर पार्टी महिला संजालको कार्य समिति गठन गरिएको हो । शिवालय गाउँपालिका,छेडागाड नगरपालिका,जुनीचाँदे गाउँपालिकामा संजालको कार्य समिति गठन गरिएको अन्तर पार्टी महिला संजाल जाजरकोटको जिल्ला कार्य समिति सचिव धर्मशिला बस्नेतले जानकारी दिईन् ।

No description available.

उनका अनुसार पहिलो दिन शिवालय गाउँपालिका,दोस्रो दिन छेडागाड नगरपालिलका र तेस्रो दिन जुनीचाँदे गाउँपालिकामा संजालको कार्य समिति गठन गरिएको हो । उक्त कार्य समिति गठन कार्यक्रममा अन्तर पार्टी महिला संजाल जाजरकोट जिल्लाका कार्य समिति अध्यक्ष रामछाया शाही,संजालको उपाध्यक्ष तारा शाक्य,सचिव धर्मशिला बस्नेत,भेरी नगरपालिकाको निवर्तमान उप—प्रमुख भावना भण्डारी,सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

No description available.

कार्य समिति गठन गरिएको तीन पालिकामा संजालको अध्यक्ष नेपाली कांग्रेसको तर्फबाट,उपाध्यक्ष नेकपा ऐमालेको तर्फबाट,सचिव नेकपा माओवादीको तर्फबाट, कोषाध्यक्ष राप्रपा र अन्य सदस्य भूगोल मिलाए राखिएको संजालको जिल्ला कार्य समिति अध्यक्ष रामछाया शाहीले बताईन् । अहिले बनेको नयाँ कार्य समितिले महिलाका हक हितका बिषयको उठान गर्ने छ र पीडित महिलाहरुलाई न्याय दिने उनले विश्वास व्यक्त गरिन् ।

No description available.

तपाईको प्रतिक्रिया