कर्णाली नदीमा डुंगा पल्टियो, एक जना बेपत्ता

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो ।चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो ।सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए । ‘चालकसहित चार जनालाई पौडी खेलेर बच्न सफल भइसके,’ उनले भने,‘एक जना मात्रै बेपत्ता हुनुभयो ।’

घटना स्थलमा २ जना प्रहरी पुगेपनि कुनै पत्तो नलागेपछि उनीहरु फर्किसकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया