१) बहाना गर्यौ फेरि दोष लगाएर भन्यौ तिम्रै अटेरी भयो ।
बरु सोध्नु पर्ने त मलाई हो, यो सब अटेरी कसरी भयो ?
न सुध्रिने अवसर दियौ, न त स्पष्टिकरण नै माग्यौ,
महोदय, तिम्रो त्यो अपरिपक्क निर्णय पनि आफ्नै मनपरी भयो ।
न तिम्रो पद बढ्यो, न कुनै सम्मान पायौ बाँकी अरु भन,
आखिर मलाई अबकास दिएर तिमीलाई के ठूलो बहादुरी भयो ?
पावर हुनेहरुको अगाडि हाम्रो केही नलाग्दो रहेछ,
कारण गाउँ ठाँउ तिम्रै भयो, तिम्रै पाखापखेरी भयो ।
२) पिडा, दर्द, अभाब अनि दु ःखहरुको भकारी छु
तिनै दुःखहरुको स्वयम म आफै भ्रष्टाचारी छु
जाउँ साथी मधुशाला दुःख बिसाउला, चिन्ता किन गर्छौ,
हेर तिमी जस्तै म पनि त एक बेरोजगारी छु
कृपया मलाई फेरि यो दलदलमा फसाउने प्रयास नगर्नुहोस तपाईं,
किन कि पुरानो अनुभव पछि म एकदम होसियारी छु
शक्ती, सत्तामा हुनेहरुले जे गरे पनि सुहाउछ, फरक पर्दैन,
यसकारण तिम्रो एकलौटी निर्णय प्रती म निकै आभारी छु ।
पुष्कर पराग चन्द (प्रचलित)
श्रवण कुमार चन्द (कानुनी)
भेरी नगरपालिका ५, छिप्रेना जाजरकोट
पुष्कर पराग चन्द । ७ जेष्ठ २०८०, आईतवार