छेडागाडको वडा नं ६ लाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

शैक्षिक सुधार तथा शतप्रतिशत बालबालिका विद्यालय भर्ना अभियान राष्ट्रिय अभियान भएको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले शैक्षिक गुणस्तर बृद्धि गर्न अनिवार्यता भएको बताए । शैक्षिक गुणस्तर बृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताउदै अधिकृत रोकायले नगरपालिकाले ४० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरेको जानकारी दिएका थिए । शतप्रतिशत बालबालिका विद्यालय भर्ना अभियानले शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोगी भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै अधिकृत रोकायले सबैले सकारात्मक सोच राख्नु जरुरी रहेको बताएका थिए ।

छेडागाड संवादाता । जिल्लाको छेडागाड नगरपालिकाको वडा नं ६ लाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको छ । शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरेर वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो ।

नगरपालिकाले जारी गरी कार्यान्वयनमा ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ र अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ ले गरेको व्यवस्था अनुसार वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको थियो । आधारभुत तह मा अध्ययन गर्ने ४ बर्षदेखि १२ बर्षसम्मका शतप्रतिशत बालबालिकाको बिद्यालय भर्नालाई घोषणाको मुख्य आधार बनाईएको थियो ।

घोषणा पूर्व उक्त वडामा ‘हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा ।’ भन्ने मुल नारा सहित बालबालिकालाई विद्यालयमा भर्ना अभियान संचालन गरिएको थियो । १० बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा कार्यक्रमलाई पूर्णता दिईएको थियो ।

शैक्षिक सुधारका लागि नगरपालिकाले बिभिन्न ऐन, नियमावली र कार्यविधीहरु जारी गरि कार्यान्वयनमा ल्याएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंग बहादुर रोकायले बताए ।

शैक्षिक सुधार तथा शतप्रतिशत बालबालिका विद्यालय भर्ना अभियान राष्ट्रिय अभियान भएको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले शैक्षिक गुणस्तर बृद्धि गर्न अनिवार्यता भएको बताए । शैक्षिक गुणस्तर बृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताउदै अधिकृत रोकायले नगरपालिकाले ४० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरेको जानकारी दिएका थिए । शतप्रतिशत बालबालिका विद्यालय भर्ना अभियानले शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोगी भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै अधिकृत रोकायले सबैले सकारात्मक सोच राख्नु जरुरी रहेको बताएका थिए । शैक्षिक गुणस्तर बृद्धि गर्न ब्यक्तिगत र नगरपालिकाको तर्फबाट सदैब सहयोग तथा लागिपर्ने अधिकृत रोकायले प्रतिबद्धता ब्यक्त गरे ।

शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणाको दिन शैक्षिक क्षेत्रको लागी बिशेष दिन भएको बताउदै पाँचतारा युवा संरक्षक मन्च, जाजरकोटका कार्यक्रम निर्देशक पुष्पराज खतिवडाले बालबालिकाहरुले पाउनुपर्ने थुप्रै अधिकारहरु मध्ये शिक्षाको अधिकार महत्वपूर्ण भएको भनाई राखेका थिए । बालबालिकाहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो तर्फबाट कर्तब्यबोध गर्नुपर्ने बताउदै कार्यक्रम निर्देशक खतिवडाले शैक्षिक गुणस्तर कायम गर्न पाँचतारा युवा संरक्षक मन्च सधै लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

शैक्षिक गुणस्तर अभिबृद्धि गर्नु सबैको साँझा दायित्व भएको बताउदै छेडागाड नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत खडक केसीले शैक्षिक गुणस्तर कायम गर्ने मुख्य जिम्मेवारी शिक्षकहरुको भएको भनाई राखेका थिए । घर–घरमा पठन संस्कृतिको बिकास गर्न अविभावकहरुको पनि महत्वपूर्ण भुमिका रहने बताउदै अधिकृत केसीले अनिवार्य तथा निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी गर्ने जिम्मेवारी सरकारको भएको बताए । नगर सरकारलाई सहयोगी संस्था पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेकोमा अधिकृत केसीले हार्दिक आभार सहित धन्यबाद दिएका थिए ।

सिकाई उपलब्धी बृद्धि गर्न शिक्षक, जनप्रतिनीधी, कर्मचारी, बुद्धिजिबी, समाजसेवी सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट जिम्मेवारी तथा उत्तरदायित्व निर्बाह गर्नुपर्ने बिद्यालय समन्वयकर्ता तथा स्रोत ब्यक्ति कमल शाहीले भनाई राखेका थिए । अविभावकहरुले आ–आफ्ना बालबालिकाहरु प्रति चासो राख्नु पर्नेमा स्रोत ब्यक्ति शाहीले जोड दिएका थिए ।

शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा कार्यक्रममा ६ नम्बर वडा भित्रका ११ वटा सामुदायिक बिद्यालय, १ निजी बिद्यालय, सहयोगी संस्था र कर्मचारीहरु लगायतलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा बालबालिकाहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए भने, कबिता बाचन गरेका थिए । ६ नम्बर वडाको आयोजनामा आयोजित कार्यक्रमलाई पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया