मुक्तक
१) न इज्जत रहेछ तिम्रो, न लाज रहेछ
यी दुबै चिज बेचेर हिड्ने कामकाज रहेछ
मलाई पिडा दिएर रमाउने एक तिमी हौं,
त्यहि पिडामा उत्सब मनाउने अर्काे समाज रहेछ । ।
२) दशा लागे पनि न त्यसको ओखती लाग्यो
लाग्न त जीन्दगीमा भयानक बढि रक्सि लाग्यो
दुःख पर्दा साथ नदिने यो समाज पनि,
पैसा रहुन्जेल सम्म मेरै पछिपछि लाग्यो ।।
३) आफ्नै घरबेटी लगायत कतिको आँखा छल्नुपर्यो
कारण तिम्रो खुसीको लागि मैले डेरा बदल्नुपर्यो
तिमीलाई उज्यालो दिनको लागि भएपनि,
मैन बत्ति भए जस्तै गरी आफै जल्लुपर्यो ।।
४) लाग्न त दोष जीन्दगीमा विना सित्ति लाग्यो
भएको एउटा सानो जागीरमा पनि राजनीति लाग्यो
योग्यता हुदाहुदै पनि यहाँ घुसपिस गर्नुपर्ने,
महोदय भन्नुहोस तपाईले नोकरी पाउदा पैसा के कति लाग्यो ।।
५) चढाउन त फुल चढाईन्छ मन्दिरमा बलि चढाइन्छ
भन्नुहोस न पुजारी बा कुन चढाउदा पुन्य कमाइन्छ
जस्ले अन्याएको विरुद्धमा आवाज उठाउछ यहाँ,
सवैभन्दा पहिले उस्लाई गोली चलाइन्छ ।।
६) जब भुँई छोडेर माथि माथि आकासिनु पर्यो
तब न चाहादा न चाहादै पनि यो मन भाचिनुपर्यो
खाडी गएरै भए पनि पैसा कमाएर तिरौला बरु,
पासर्पाेट बनाउछु बा ऋण कार्नलाई आँटिनुपर्यो ।।
पुष्कर पराग चन्द
भेरी नगरपालिका ५ छिप्रेना जाजरकोट
पुष्कर पराग चन्द । ३० बैशाख २०८०, शनिबार