वर्तमान सत्ताको विकल्प एमाले भन्ने तथ्यमै प्रश्न उठ्यो

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् ।केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रुपमा हेर्नु पर्ने उल्लेख गरेका छन् ।‘नेकपा एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो’, प्रतिवेदनमा उल्लेख छ ।उपनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया