डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको शालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो ।जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा सालिक अनावरण गर्नुभयो ।सालिक अनावरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगरप्रमुख बुढा, विकास पे्रमी इमानदार र जनताको सुःख र दुःखमा सदैव लागि पर्ने त्यागी नगरप्रमुख भएको बताउनुभयो ।
संघीयता लागुसँगै प्रथम नगरप्रमुख बन्नुभएका ओम बुढाले नगरको शिक्षा स्वास्थ्य विद्युत, कृषि र सडक निर्माणमा खेलेको भूमिका महत्वपूर्ण भएकाले वर्तमान जनप्रतिनिधिले पनि उहाँका राम्रा कार्यको अनुसरण गर्दै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी स्वर्गीय नगरप्रमुख ओम बुढा सबैको साझा व्यक्तिको रुपमा आफूलाई समाजमा उभ्याउन सकेको आफूले पाएको बताउनुभयो । प्रथम नगरप्रमुख ओम बुढाको ०७८ सालमा कोरोनाबाट मृत्यु भएको थियो ।
हाम्रो पहुँच संवाददाता । २५ बैशाख २०८०, सोमबार