बलात्कार कसुरमा तेह्र वर्ष कैद

blog
दैलेख । दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो।

सोही उजुरीका आधारमा भूपेन्द्र शाहीलाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई थुनामा राख्ने आदेश भएको थियो।

तपाईको प्रतिक्रिया