कर्णालीमा टुक्रे योजना समावेश हुदैनन् :  मन्त्री सिंह

No description available.
जाजरकोट । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आफ्नो कार्यकालमा टुक्रे योजनाको अन्त्य हुने बताएका छन् । बुधबार गृह जिल्ला जाजरकोट पुगेर प्रेस यूनियनले गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले यस्तो बताएका हुन् ।

टुक्रे योजना कर्णाली विकासको बाधक भएकाले यसको अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘स—साना टुक्रे योजनाले कर्णालीको विकास हुदैन्, अवको बजेटमा टुक्रे योजनाको अन्त्य हुनेछ ।’

आउँदो आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतका विकासका पूर्वाधारहरुलाई पहिलो प्राथमिकता राखी बजेट निर्माण गरिने मन्त्री सिंहले बताए ।
जाजरकोटका प्रत्येक समस्याहरुलाई नजिक बाट बुझेको समाधानका लागि पहल गर्ने बताए ।

नेपाल प्रेस युनियन जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सिंहले योजना मागको परम्परागत शैलीलाई तोड्ने बताएका थिए । भुगोलको आबश्यकता र बस्तीको मागका आधारमा नभएर प्रदेश राजधानीका होटेलहरुमा बसेर मन्त्रीलाई प्रभावमा पार्ने, दलाली गर्ने विचौलियाहरुको अन्त्य गर्न आफुले निर्देशन गर्ने मन्त्री सिंहले भनाई राखेका थिए ।

भारत र चीनको खुल्ला ब्यापार नाका नभएको कर्णाली प्रदेश राजश्व संकलनमा देशका अन्य प्रदेश भन्दा पछि रहेको बताउदै मन्त्री सिंहले मुगुको राराको आकर्षण बढाउने, डोल्पाको शे–फोक्सुण्डोको बास्तबिकतालाई चिनाउन सक्ने बजेट तर्जुमा गर्ने तयारीमा जुटेको भनाई राखेका थिए । केन्द्रिकृत योजना तथा बजेट तर्जुमा आफुले जोड दिने भनाई राख्दै मन्त्री सिंहले एउटा जिल्लामा बढिमा २ वटा बहुँबर्षिय आयोजना हुनुपर्ने भनाई राखेका थिए ।

प्रदेश सरकारको खर्चलाई बढाउन के गर्नु हुन्छ ? भन्ने पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री सिंहले कोभिड–१९ को विश्व व्यापी प्रभाव, अन्तर्राष्ट्रिय बजारको पेट्रोलियम पदार्थ तथा ईन्धनको मुल्य बृद्धि जस्ता कारणले देशले आर्थिक संकटलाई झेल्नु परिरहेको अबस्थामा पुँजीगत खर्च बृद्धि गर्न प्रदेश सरकारका सबै बिषयगत मन्त्रालय अन्तरगतका सबै कार्यालयहरुलाई निर्देशन गरिएको भनाई राखेका थिए ।

बेरोजगारीको समस्याले बिदेश पलायन भईरहेका युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न सक्ने, आम युवायुवतिहरुलाई उत्पादनसंग जोड्न सकिने नीति तथा कार्यक्रम अनुरुपको बजेट ब्यबस्था गर्ने योजनामा रहेको मन्त्री सिंहले भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया