अफिम खेती नष्ट


जाजरकाेट । जाजरकोटको नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिकाको बिभिन्न स्थानमा ६३ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

नगरपालिकाको विभिन्न पहाडी भेगहरुमा अवैध रूपमा अफिम खेति हुन्छ भन्ने जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त भए पश्चात जिप्रका जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापाको नेत्तृत्वमा खटिएको प्रहरी टोलिले अफिम खेति नष्ट गरेको हो ।

जाजरकोट प्रहरीले बैशाख महिना भरी जिल्लाका अन्य सम्भावित स्थानहरूमा समेत अफिम खेति नष्ट गर्ने अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय दल्ली र रग्दा जाजरकोट संगको समन्वयमा संयुक्त रुपमा खटिएको प्रहरी टोलिले शनिवार अफिम खेति नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया