नलगाड । नलगाड नगरपालिका – १० ध्यारगाउँमा रहेको समाज परिवर्तन प्राथमिक विद्यालय भवनको छाना उडाएर हावाहुरीले क्षति पु¥याएको छ । बिहीबार पानी सँगै चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा भवनमा क्षति पुगेको हो ।
भवन सँगै विद्यालयमा रहेका कुर्सी, कार्पेट, दराज, पोष्टर बोर्ड, जस्ता पाता, पाठ्यपुस्तकमा समेत क्षति पुगेको विद्यालयका प्रधानध्यापक प्रतिमा डिसीले जानकारी दिईन् । उनका अनुसार पाँच कोठा विद्यालय भवनमा पुरै क्षति पुगेको छ ।
पाँच कोठा रहेको विद्यालय भवनको छाना हावाहुरीले उडाउँदा भवनमा क्षति पुगेको प्रधानध्यापक डिसीले बताईन् । हावाहुरीले पाँच कोठाको जस्तापाता उडाएर पूर्ण रूपमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयमा ५ लाख भन्दा बढीको क्षति पु¥याएको छ ।
हाम्रो पहुँच संवाददाता । ८ बैशाख २०८०, शुक्रबार