को हुन् कर्णालीका नवनियूक्त अर्थमन्त्री सिंह ?

No description available.
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि एमालेसँगको सहकार्यमा मुख्यमन्त्री बनेका शर्माले एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसले सिफारिस गरे अनुसार जाजरकोट प्रदेश सभा (क) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित कृष्ण बिसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी नियुक्त भएका हुन्। उनीहरूले बिहीबार नै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयतको शपथ लिएर कार्यभार समेत सम्हालिसकेका छन् ।
यस्तै बिहीबार नै माओवादीकि उर्मिला विश्वकर्माले ऊर्जा तथा जलस्रोत मन्त्रीको रूपमा सपथ लिएकी छन् । उनी यसअघि राज्यमन्त्री थिइन् ।
अर्थमन्त्रीको जिम्मेवारी पाएका सिंह नेपाली कांग्रेस जाजरकोटका सभापति समेत हुन् । निडर र हक्की स्वभावका सिंहले नेपाली कांग्रेसमा लामो योगदान गरेका छन्। आन्दोलनका विभिन्न मोर्चाको नेतृत्व गरेका उनी द्वन्द्वकालमा विस्थापति पनि हुनुपरेको थियो। उनका बुवा लालभक्त सिंह नायब सुब्बा भएका बेला तत्कालीन माओवादीले ज्यान मार्ने धम्की दिएपछि सिंहको परिवार बारेकोट–८ सेपुखोलाबाट विस्थापति भएर सदरमुकाम खलंगा आएको थियो। उनका ठूलो बुवाको तत्कालीन माओवादीले हत्या गरेको थियो।

बारेकोट गाउँपालिका– ८, सेपुखोलामा २०३७ वैशाख २४ गते जन्मिएका सिंहले स्नातकसम्म अध्ययन गरेका छन्। २०५४ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष भएका सिंह २०५५ सालमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको इकाई सभापति बनेका थिए। २०५६ सालमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका उनी २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को जिल्ला सहसचिव भए ।

यस्तै, २०६७ सालमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका उनी २०७२ सालमा जिल्ला सभापतिमा जम्मा ४ मतले पराजित भए। २०७४ सालमा जाजरकोट प्रदेश सभा ’क’बाट कर्णाली प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी पराजित बन्न पुगे। तत्कालीन वाम गठबन्धनका गणेश प्रसाद सिंहले १६ हजार ९११ मत ल्याँउँदा सिंह एक्लैले १२ हजार ८७८ मत प्राप्त गरेका गरे ।

२०७८ सालमा नेपाली कांग्रेस जाजरकोटको सभापति बनेका उनी २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा जाजरकोट ’क’बाट निर्वाचित भए। उनले १८ हजार ५४३ मत प्राप्त गरे। सिंहले फिन्ल्यान्ड, डेनमार्क, बेल्जियम, स्विडेन, लगायत यूरोपका १३ वटा मुलुक साथै मलेसिया, थाइल्यान्ड र भारत लगायतका देशको पनि भ्रमण गरेका छन्।

यस्तो छ मन्त्री सिंहको बायोग्राफी ः
नाम– बेदराज सिंह
स्थायी ठेगाना– बारेकोट गाउँपालिका– ८, सेपुखोला जाजरकोट
अस्थायी ठेगाना– भेरी नगरपालिका–३, खलंगा जाजरकोट
जन्म मिति र स्थान– २०३७÷०१÷२४, जाजरकोट
बुवाको नाम– लालभक्त सिंह
आमाको नाम– पार्वती देवि सिंह
श्रीमती– धनकुमारी शाही ृसिंहे
सन्तान– ३ छोरी÷ १ छोरा
शैक्षिक योग्यता– स्नातक

राजनीतिक आवद्धता :
–२०५४ सालमा नेपाल विद्यार्थी संघ, जाजरकोटको क्षेत्रीय अध्यक्ष,
–२०५५ सालमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको इकाई सभापति,
–२०५६ सालमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित
–२०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को जिल्ला सहसचिव (जाजरकोट)
–२०६७ सालमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर १ को सभापति
–२०७२ सालमा जिल्ला सभापतिको प्रतिस्पर्धी (४ मतले पराजित)
–२०७४ सालमा जाजरकोट प्रदेश सभा ’क’बाट कर्णाली प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार
–२०७८ सालमा नेपाली कांग्रेस जाजरकोटको सभापति निर्वाचित
–२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा जाजरकोट ’क’बाट १८ हजार ५४३ मतसहित निर्वाचित
–२०८० वैशाख ५ गते कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा पार्टीबाट सिफारिस
–२०८० वैशाख ७ गते मन्त्री नियुक्त, शपथ ग्रहण र कार्यभार ग्रहण

वैदेशिक भ्रमण– फिन्ल्यान्ड, डेनमार्क, बेल्जियम, स्विडेन, लगायत यूरोपका १३ वटा मुलुक साथै मलेसिया, थाइल्यान्ड र भारत ।

तपाईको प्रतिक्रिया